अब्बल अश्वेत अफ्रिकी महिलाहरू
एजेन्सी । आफ्नै पौरख, परिश्रम र मिहिनेतबाट महिलाहरू पनि सफल र धनाढ्य बन्न सक्दा रहेछन् । अफ्रिकी महिलाहरूले यो भनाइलाई प्रमाणित गरिदिएका छन् । पुरुषभन्दा कुनै पनि मानेमा महिलाहरू कम छैनन्, हुँदैनन् भन्ने उदाहरणका रूपमा उनीहरूले आफूलाई प्रस्तुत गरेका छन् । तीमध्ये केही महिला आफ्नै पसिनाको कमाइबाट र केही परिवारको सम्पत्तिबाट सफल र धनाढ्य बनेका छन् । खासगरी अफ्रिकी महादेशबाट धनाढ्य बन्नेमा नाइजेरियाली महिला बढी छन् । तीमध्येकी एक हुन्, फोलोरुन्सो अलाकिजा । उनी नाइजेरियाकै सबैभन्दा ठूली अर्बपति हुन् ।
उनी कुनै विश्वविद्यालयमा पढेकी होइनन् । तर, आफ्नो लगन, दृढ आत्मविश्वास र अडान तथा जीवनमा केही गर्नुपर्छ भन्ने दृढ इच्छाशक्तिकै कारण सफल महिलामा दरिएकी छन् । अर्बपति महिलामध्येकी एक अलाकिजाको नाइजेरियामा आफ्नै फ्यामिला आयल कम्पनी छ । यो कम्पनी नाइजेरियाकै सबैभन्दा ठूलो हो । हाल उनको कुल सम्पत्ति २ दशमलव १ अर्ब अमेरिकी डलर छ । रियल स्टेटमा समेत उनको ठूलो लगानी छ । ६६ वर्षीया उनीसँग ४६ मिलियन अमेरिकी डलर मूल्य पर्ने निजी जेट विमान पनि छ । आफ्नो जीवनको अधिकांश समय उनी मुद्रा आर्जनमै व्यतित गर्छिन् ।
त्यस्तै अफ्रिकाकै अर्की धनाढ्य एवं सफल महिला हुन्, हजिआ बोला सागाया । उनी विश्वकै ब्ल्याक वुमेन ९अश्वेत महिला० अर्बपतिमध्येकी एक हुन् । सन् १९५९ मा इलोरिन क्वारामा जन्मेकी उनले आफ्नो करियर नाइजेरियाको केन्द्रीय बैंकको अडिट डिपार्टमेन्टबाट सुरु गरेकी हुन् । बैंकमा जागिरे छँदा पाएको तलबको बचत गर्दै उनले आफ्नै व्यापार थालेकी हुन् । भनिन्छ, मानिस धन कमाएर हैन, धन बचाएरै धनी बन्छ । हो, उनले यो भनाइलाई आफूमा अंगीकार गर्दै अघि बढिन्, आज अर्बपति बनेकी छन् । फोटोग्राफिक सामग्री उत्पादन गर्ने ‘कोनिका ब्रान्ड’ नाइजेरियामा भित्र्याएर उनले आफ्नो पहिलो व्यापार थालेकी हुन् । त्यो त उनको सुरुआत मात्रै थियो । त्यसपछि उनले कहिले पछाडि फर्केर हेरिनन् । हाल उनी नाइजेरियाको सबैभन्दा विशाल तेल कम्पनीमध्येको एक रहेको ‘प्रयाक्टिकल लिमिटेड’ की निर्देशक हुन् । हाल उनीसँग आफ्नै एउटा गल्फस्ट्रिम जी६५० एयरक्राफ्टसमेत छ । कहीँ आउजाउ गर्न उनी यसको प्रयोग गर्छिन् । हाल बोला सागायाको कुल सम्पत्ति १ दशमलव ९ अर्ब अमेरिकी डलर रहेको छ ।
यसैगरी अफ्रिकी धनाढ्य महिलामध्ये ‘टप टेन’ मा पर्ने महिला हुन् डिएजानी अलिसोन माडुएके । उनी नाइजेरियाली एक राजनीतिकर्मी र ‘ओपेक’ की पहिलो महिला अध्यक्ष पनि हुन् । सन् २००७–२००८ सम्म उनले यातायातमन्त्रीका रूपमा समेत कार्यभार सम्हालिसकेकी छन् । पछि उनलाई खनिज तथा फलाम विभागमा नियुक्ति गरियो । त्यसलगत्तै उनलाई नाइजेरियाको पेट्रोलियममन्त्री पनि बनाइयो । तत्कालीन राष्ट्रपति गुडलक जोनाथनको सहयोगमा मडुएके मन्त्रीमण्डलमा प्रवेश गरेकी हुन् । सन् २०१५ मा रोयटर्सले बेलायतको राष्ट्रिय अपराध नियोगले भ्रष्टाचार अभियोगमा पक्राउ गरेको समाचार सम्प्रेषण गरेका थियो ।
नाइजेरियाली अर्थ तथा वित्तीय अपराध आयोगले नाइजेरियामा उनको रियल स्टेटमा छापासमेत मारेको थियो । यति हुँदाहुँदै पनि उनी आफ्नो पथमा विचलित भइनन् । आज विभिन्न बैंकमा करिब २ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति सञ्चित रहेको छ ।
यस्तै नाइजेरियाकै अर्की सफल महिला हुन् डेजी ड्यानजुमा । नाइजेरियाकै सर्वाधिक धनाढ्य महिलामध्येकी एक उद्यमी पनि हुन्, उनी । त्यहाँकै सर्वाधिक धनाढ्य पुरुष जनरल थियोफिलस ड्यानजुमाकी पत्नी हुन् । उनले आफ्ना अर्बपति पतिबाट थुप्रै उपहार पाएकी छन् । तीमध्येको ४० मिलियन अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सुपर जेट विमान पनि एक हो । श्रीमान्कै सहयोगमा उनले नाइजेरियामा विभिन्न कम्पनी सञ्चालन गर्दै आएकी छन् । सन् २००३ मा उनी नाइजेरियाको सिनेटरमा विजयीसमेत भएकी थिइन् ।
संसदमा छँदा उनले महिला मामिला तथा युवा विकासका अध्यक्ष तथा महिला तथा बालबालिकाको अधिकार समितिका सभापतिका रूपमा जिम्मेवारी निर्वाह गरेकी थिइन् । त्यसपछि उनको बैंक खातामा रकम ह्वात्तै बढेको थियो । व्यापारसँगै राजनीतिमा पनि स्थापित हुन उनी सफल भइन् । हाल उनको सम्पत्ति १ अर्ब अमेरिकी डलरभन्दा बढी छ ।
अमेरिकी अखबार ‘फोब्र्स’ का अनुसार विश्वका धनाढ्य महिलामध्येकी एक हुन्, अटेल्ला ओडुआह–ओगिएम्बोनी । हाल उनी नाइजेरियाको उड्डयनमन्त्री हुन् । पूर्वराष्ट्रपति गुडलकसँग उनको नजिकको सम्बन्ध छ । मन्त्री बन्नुअघि उनले सी पेट्रोलियम एन्ड ग्यास कम्पनी स्थापना गरेकी थिइन् । हाल उनको कम्पनी वित्तीय संकटमा परेको छ । तर, उनी निरास भएकी छैनन् । आफ्नो कम्पनीलाई संकटबाट मुक्त गराउन उनी प्रयासरत छिन् । हाल विभिन्न बैंकमा अटेल्लाको १ अर्ब अमेरिकी डलर सञ्चित रहेको छ ।
यसैगरी नाइजेरियाकी फिफी इकानेम इजिन्डु अर्की धनाढ्य महिला हुन् । उनी आर्किटेक्ट र व्यापारी पनि हुन् । उनका बुबा अमेरिकामा चर्चित प्रोफेसर थिए । बुबा अमेरिकामा भएपछि त्यहीँबाट उनले उच्च शिक्षा हासिल गरिन् । पछि स्वदेश फर्केर आफ्नै व्यापार थालिन् । सन् १९९५ मा उनले स्टारक्रेट ग्रुप इन्भेस्टमेन्ट लिमिटेट, स्टारक्रेट इन्डस्ट्रिज लि र स्टारक्रेस्ट एसोसिएसन लि स्थापाना गरेकी थिइन् । यी कम्पनीहरू नाइजेरियामा भवन निर्माण, ग्यास र तेल उत्पादनमा सक्रिय छन् । उनले परम्परागत भवनहरूको निर्माणमा आधुनिकताको फ्युजन गरेपछि उनी चर्चामा मात्रै आइनन्, मनग्ये धनार्जन गर्न पनि सफल भइन् । हाल उनको सम्पत्ति ६ सय मिलियन अमेरिकी डलर रहेको छ ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












