आउँदो साउन १६ गते पशुपतिनाथमा गङ्गाजलभिषेक तथा विशाल धर्मसभा गरिने
काठमाडौं।, २८ जेठ । राष्ट्रिय एकता सर्वपक्षीय सङ्कल्प यात्रा मूल आयोजक समितिले राष्ट्र कल्याणको कामना गर्दै आउँदो साउन १६ गते पशुपतिनाथमा गङ्गाजलभिषेक तथा विशाल धर्मसभा गर्ने भएको छ । कार्यक्रमका लागि भारतको हरिद्वार, काशी र पश्चिम बङ्गालबाट ‘राष्ट्रिय एकता सङ्कल्प यात्रा’ आगामी साउन ८ गतेदेखि सुरु गरिनेछ ।
साउन १६ गतेसम्म जारी रहने यात्रा १० गतेदेखि नपालको महेन्द्रनगर र काँकडभिट्टामा एकै दिन कार्यक्रम गरी विभिन्न नदीका जल लिएर १५ गते काठमाडौं आउने कार्यक्रम छ । सर्वपक्षीय नागरिक दबाब समूह र अन्तर्राष्ट्रिय हिन्दू जनजागरण गौ रक्षा अभियानले सनातन हिन्दू राज्य पुनर्स्थापनाका लागि आन्दोलन गर्ने जनाएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक एवम् नेपाली कांग्रेसका नेता हरिबोल भट्टराईले भारतको गङ्गा, जमुना, ब्रह्मपुत्र, कावेरी, सरयु आदि र नेपालका प्रवित्र सम्पूर्ण नदीको जलाबाट पशुपतिनाथमा जलाभिषेक गरी वनकालीमा विराट धर्मसभाको आयोजना गरिने जानकारी दिनुभयो ।
आयोजक संस्थाका अनुसार अभियानको शुभारम्भ उत्तराखण्डका पूर्वमुख्यमन्त्री एवम् नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) का संयोजक सांसद भगतसिंह कोशियारी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय र पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णले संयुक्त रुपमा गर्नुहुनेछ । रासस
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











