आजदेखि सुरु भयो बडादसैंः आज पहिलो दिन घटस्थापना, उत्तम साइत ९ः४१ बजे

काठमाडौं, ५ असोज । नेपालीहरुको महान चाड बडादसैं आजबाट सुरु भएको । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन (आज) बिहीबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु हुनेछ । धेरैले बिहानको समयमा घटस्थापना गरे पनि साइत खोज्नेका लागि नेपाल पन्चांग निर्णायक समितिले बिहान ९ बजेर ४१ मिनेटको समय निर्धारण गरेको छ । ‘फुर्सद हुने र साइत खोज्नेले बिहान ९ बजेर ४१ मिनेटको समयमा जमरा राखेर घटस्थापना गर्नु राम्रो छ,’ समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो पर्वलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । आश्विन शुक्ल प्रतिपदा तिथि बुधबार परे पनि तिथिको उदय भएको दिन बिहीबार परेकाले यसै दिनलाई प्रतिपदा तिथि मानी घटस्थापनाका लागि शुभ मानिएको हो ।
प्रतिपदाको दिन पूजा कोठा, दसैंघर अथवा कोतमा दियो, कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । घटस्थापनाका दिन पूजाकोठामा घैंटो अथवा घडामा जल भरेर माथिपट्टि आँप, चाप र वरपीपलको पात राख्ने परम्परा छ । यो घडावरिपरि गाईको गोबर टासेर त्यहाँ जौ उमार्ने चलन छ । कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ ।
बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ । यसपालिको दसैंमा सरासर तिथि भएकाले १५ दिनकै दसैं छ । तिथिमा आएको घटीबढी र तिथि टुट्ने गर्दा यसअघिका दसैंमा घटबढ भएको थियो ।
समितिका अनुसार १४ असोज विजयादशमीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत रहेको छ । १९ असोजमा कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दसैं पर्व समापन हुन्छ । यही दिन घरघरमा राखिएको जमरा पनि विसर्जन गरिन्छ ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











