अब ज्योति मगर जस्ताले नागों शरिर देखाउन नपाउने, छाडापन बढेपछि बद्री गृहमन्त्रीकहाँ पुगे
काठमाडौं, २६ असोज । आधा शरिर देखाएर अश्लिल प्रस्तुती दिँदै आएकी ज्योती मगरजस्ता कलाकारको दिन समाप्त हुने भएका छन् । केही महिला कलाकारहरुले प्रस्तुत गर्ने प्रस्तुतिमा अश्लिलता बढ्दै गएपछि यसलाई रोक्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पहल गरेको हो ।
प्रतिष्ठानले गृहमन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाउँदै त्यस्ता अश्लिता रोकिदिन आग्रह गरेको हो । प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी लगायतका पदाधिकारीहरुले बुझाएको ज्ञापनपत्रमा छाडापन रोक्ने अधिकार आफुहरुसँग नभएको भन्दै गृहमन्त्रीलाई आवश्यक कारवाही गर्न आग्रह गरेका हुन् ।
मेला–महोत्सवमा कलाकारले अश्लिल प्रस्तुती दिदा समेत स्थानीय प्रशासन मुखदर्शक बनिरहेको भन्दै प्रतिष्ठानले गृहमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको हो ।
अध्यक्ष बद्रि पंगेनीको नेतृत्वमा गृहमन्त्री शर्मालाई कार्यकक्षमै पुगेर अश्लिल प्रस्तुतीलाई निगरानी र कारबाहीका लागि ७७ वटै जिल्ला प्रशासनमा परिपत्र गरिदिन आग्रहसहितको ज्ञापन–पत्र लिखित रुपमा बुझाईएको जानकारी गराईएको छ ।
पछिल्लो समयमा कलाकारले स्वतन्त्रता र लोकतन्त्रको सीमा र मर्यादालाई बिर्सेर चर्चा कमाउने बाहानामा अश्लिल हर्कत प्रर्दशन गर्न थालेकाले प्रतिष्ठानले राज्यलाई गुहारेको हो ।
अध्यक्ष पंगेनीले भने, ‘प्रतिष्ठानसँग नियन्त्रण र कारबाहीको अधिकार नभएकाले राज्यलाई गुहार्न बाध्य भएका हौ । हामीलाई संवैधानिक अधिकार दिए मापदण्ड निर्माण गरेर लोकक्षेत्रमा स्वच्छता दिलाउने सामर्थ छ ।’ ज्ञापनपत्र बुझ्दै गृहमन्त्री शर्माले त्यसको लागि तत्कालै आवश्यक कदम चाल्ने बताए ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












