श्रीकृष्णको सम्झनामा श्वेताको ‘कान्छी’, मज्जैले नाचे दयाहाङ (भिडियोसहित)
काठमाडौं, १७ कात्तिक । अभिनेत्री श्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ को लोकलयमा आधारित गीत ‘चरी चट्ट परी’ युट्युबमा सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको शब्दरचना रहेको यो गीत युट्युबमा राखिएको २४ घण्टामै ३ लाखभन्दा बढी पटक हेरिएको छ । यस गीतलाई गाएका छन् राजनराज शिवाकोटी र अन्जु पन्तले ।
थुपै चलचित्रमा अभिनय गरिसकेका दयाहाङ राईलाई यो गीतमा भने मज्जैले नाचेको देख्न सकिन्छ । आफूलाई नृत्य गाह्रो लाग्ने बताउने दयाहाङलाई चलचित्र ‘कान्छी’ मा भने कोरियोग्राफर बसन्त श्रेष्ठले मज्जाले नचाएका छन् ।
श्रीकृष्ण श्रेष्ठको निधनपछि विक्षिप्त बनेकी श्वेता आफ्नै चलचित्र ‘कान्छी’ बाट चलचित्र क्षेत्रमा फर्केकी छिन् । आकाश अधिकारीको निर्देशन रहेको चलचित्र ‘कान्छी’ मा श्वेता खड्का, दयाहाङ राई, आशान्त शर्मा, अनु रशाह, कमलेश्वर चौरसिया, निर शाह, भूमिका श्रेष्ठ, सुजल गिरीलगायतका कलाकारको अभिनय रहेको छ ।
शिव श्रेष्ठ र शर्मिला मल्ल अभिनित चलचित्र ३३ वर्षअघि नै बनेको थियो । त्यही चलचित्रको नाम सापटी लिएर नायिका श्वेता खड्का चलचित्र ‘कान्छी’ बनाएकी हुन् । चलचित्र आउँदो माघ २६ गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











