भारतीय मिडियाः ‘कृ’ अभिनेत्री अदिती बुढाथोकी सन्नी लियोनीलाई माथ दिन्छिन्

काठमाडौं, २२ कात्तिक । भुवन केसी निर्मित तथा उनका छोरा अनमोल केसी अभिनित फिल्म ‘कृ’की अभिनेत्री अदिती बुढाथोकीबारे भारतीय मिडियामा चर्चा सुरू भएको छ । पञ्जावमा रहेर मोडलिङ र म्युजिक भिडियोमा उदय गरेकी अदितिबारे भारतीय मिडियाले सन्नी लियोनीलाई माथ दिने नयाँ अभिनेत्री भनेर उल्लेख गरेको छ ।

एबीपी न्युजको अनलाइन संस्करणले यस्तो विश्लेषण गर्दै अदितीको चर्चा गरेको हो । ‘बलिउडमा हट र बोल्ड हिरोइनको कमी छैन । सन्नी लियोनी जस्ता कयौ हिरोइनले बलिउडमा आगो लगाएका छन् ति मध्ये अदिती पनि अगाडी छिन्’, समाचारमा उल्लेख छ ।

उनको तस्बिरले इस्टाग्राममा आगो लगाएको बताउँदै एबिपीले अदितीलाई सन्नी लियोनी भन्दा पनि हट भएको बताएको छ । अदितीका केही तस्बिर अहिले इस्टाग्राममा भाइरल समेत भएका छन् । इस्टाग्राममा अदितीका तीन लाख फ्लोअर्स छन् । फेसन डिजाईनर पुष्पा बुढाथोकीकी छोरी २४ बर्षीय अदिती झापामा जन्भिएर मुम्बईमा बस्दै आएकी छिन् ।

केहि समय अगाडी मात्रै उनको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो । अहिले सिनामंगलमा बसोबास गर्दै आएकी अदिती ५ फिट ५ ईन्च अग्ली छिन् । ‘कृ’को सुटिङका लागि अदिती नेपालमा छिन् ।
Comments
अरु समाचार
-
‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न पाटन उच्च अदालतको आदेश
काठमाडौं – पाटन उच्च अदालतले ‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार पूर्वमन्त्री मोहम्मद अफताव आलमको...
-
‘रातको जुनतारा’ गित सार्वजनिक (भिडियोसहित)
काठमाडौं । पछिल्लो समयका चर्चित पूर्वेली गायकहरु निकेश राई, विनोद दनुवार,शुशिल भट्टराई, अनिल कोई, विकास राई, कैलाश वि.क, राज खिम्दीङ...
-
प्रधानमन्त्री कार्यालयबाट नागढुङ्गा-मुग्लिन सडकको अनुगमन
काठमाण्डौ । प्रधानमन्त्रीको कार्यालयले नागढुङ्गा–मुग्लिन सडक खण्डको अनुगमन गरेको छ । प्रधानमन्त्रीको निर्देशनपछि जनसम्पर्क सल्लाकार किरण पौडेलसहितको टोलीले सडकको अनुगमन...
-
नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव चैतमा, ४० देशका ८७ चलचित्र छनोट
काठमाडौँ: ‘नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा हुँदैछ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने...
-
निर्देशक घिमिरेकाे चलचित्र ‘पहाड’ बन्दै, सामाजिक र आर्थिक समस्याको कथावस्तु समेटिने
काठमाडौँ । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गर्नुभएको छ । आफ्नो लेखन तथा निदेशनमा...
-
‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
इलाम : यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय...
-
दुई विदेशी कलाकारका कला साताव्यापी प्रर्दशन गरिने
काठमाडौँ: ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र...
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...