रेखा थापाले ‘जोक्करहरु’ लेख्दा दीपाश्री निरौलाले यस्तो के लेखिन् ?
काठमाडौं, १२ मंसिर । चलचित्र ‘छक्का पन्जा’ टिम र नायिका ऋचा शर्माविच देखिएको फेसबुक विवादमा अब नायिका रेखा थापाले पनि ठाउँ पाएकी छन् । उनको प्रवेशले यो विवाद अझै पेचिलो बन्दै गएको छ । नायिका रेखा थापाले आफू नायिका शर्माको पक्षमा रहेको भन्दै एक पत्रकारको स्टाटसमा कमेन्ट गरेकी छिन् ।
रेखाले एक पत्रकारको स्टाटसमा कमेन्ट गर्दै लेखेकी छिन्, ‘ऋचा शर्माले भिडियोमा दर्शकलाई मुर्ख भनेकी छैनन् । उनी वुद्धिमान महिला हुन् । के बोल्ने के नबोल्ने उनलाई थाहा छ । एउटा महिलाको पछि लागेको देखेर अचम्म लागेको छ मलाई । खै, उनीहरुबाट सामाजिक रुपान्तरणको पनि अपेक्षा थियो । तर, ‘जोक्कर’ भन्दा माथि नउठ्ने भए ।’
रेखाले ‘छक्का पन्जा’को टिमलाई ‘जोक्कर’ भन्दै कमेन्ट गरेपछि यसमा निर्देशक दीपाश्री निरौलाले पनि जवाफ फर्काएकी छिन् । दीपाको जवाफ कुनै आक्रामक र असभ्य छैन । उनले लेखेकी छिन्, ‘धन्यवाद रेखा ।’
रेखाको प्रतिक्रियासँगै फेरि एकपटक दीपा र उनको सम्बन्ध चिसिएको वुझ्न धेरै सोचिराख्नै पर्दैन । केही समय अगाडि पनि दीपा र रेखाविच बोलचाल बन्द भएको थियो । तर, चलचित्र ‘म यस्तो गीत गाउँछु’ को प्रिमियरमा पुगेका यी दुर्इले एक अर्कालाई गालामा चुम्बन गरेका थिए ।
http://news-nepal.com/683446/
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












