पाँचौं राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड लोगो प्रतियोगिताको उपाधि सफल श्रेष्ठलाई
काठमाडौँ, २३ मंसिर । नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोले विश्व अन्तरिक्ष सप्ताहको अवसर पारेर सञ्चालन गरेको पाँचौं राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड लोगो प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ ।
प्रतियोगितामा १६ वर्षीय सफल श्रेष्ठ प्रथम भएका छन् । श्रेष्ठ हाल कोटेश्वरस्थित क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरमा कक्षा ११ मा विज्ञान संकाय लिएर अध्ययन गर्दैछन् । प्रतियोगिता असोज ९ देखि कात्तिक २९ सम्म सञ्चालन गरिएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । प्रतियोगीले इमेलमार्फत रचना पठाएका थिए । प्राप्त लोगोलाई प्राज्ञ, शिक्षक, विज्ञ सम्मिलित ११ सदस्यीय मूल्यांकन समितिले निर्णय गरेको थियो ।

प्रतियोगितामा भाग लिएकामध्ये उत्कृष्ट प्रथम, द्वितीय तथा तृतीय लोगोलाई पुरस्कार स्वरुप क्रमश नगद रु पाँच हजार, रु एक हजार र रु ५०० एवं प्रमाणपत्र प्रदान गरिने कार्यक्रम छ । साथै प्रथम हुने लोगो पाँचौं राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१८ को अधिकारिक लोगो हुने नासोले जनाएको छ । राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एउटा शैक्षिक प्रतियोगिता हो । यसमा २० वर्ष मुनिका १० जोड दुईसम्मका विद्यार्थीले भाग लिन पाउने जनाइएको छ । रासस
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











