‘शत्रु गते’ को ‘रुपै मोहनी’ मा हरिवंशले दीपाश्रीलाई मोहनी लगाएपछि (भिडियोसहित)
काठमाडौं, १४ पुस । मह सञ्चारको प्रस्तुति ‘शत्रु गते’ मा समावेश ‘रुपै मोहनी’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा ‘शत्रु गते’मा समावेश ‘रुपै मोहनी’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो ।
पुल्चोकको ब्रिक्स क्याफेमा एक औपचारिक कार्यक्रम गरी शुक्रबार दिउँसो १ बजेर ३ मिनेट जाँदा उपस्थित कलाकार र पत्रकारलाई गीत देखाइयो भने यसै समयमा रेडियो अडियोले पनि अडियो सार्वजनिक गरेको थियो । युट्युबमा भने दिउँसो २ बजेर ३५ मिनेट जाँदा ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।
सिनेमाको यो गीतको छायांकनमा तीन दिन समय र झण्डै १५ लाख खर्च भएको निर्देशक भटटराईले जानकारी दिएका छन् । गीतकार लोकराज अधिकारीका शब्द र टंक बुढाथोकीको संगीत रहेको यस गीतमा टंक बुढाथोकी र मिना निरौलाको स्वर रहेको छ ।
गीतमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, शिवहरि पौड्याल, बसुन्धरा भुसाललगायतलाई फिचर गरिएको छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन ।
किरण केसीले १६ वर्षपछि निर्माण गरेको ‘शत्रु गते’ वीरगंज र काठमाडौंमा छायाँङकन गरिएको हो । सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल शिवहरी पौड्याल, लगायतका कलाकारहरुको मुख्य भूमिका छ । सिनेमाले चैत्र ९ गतेलाई आफ्नो प्रदर्शन मिति तोकेको छ ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











