चीन र जापानबीचको तनाव मत्थर पार्ने यी हुन् जापानी पोर्नस्टार
एजेन्सी, २ माघ । जब जापानी अभिनेत्री तथा पूर्व पोर्नस्टार सोरा अओइले अनलाइनमा आफ्नो विवाहको घोषणा गरिन्, चिनियाँ सामाजिक सञ्जालमा यसले तहल्का नै मच्चायो। नयाँ वर्षको दिन अओइले आफ्नो ‘इन्गेजमेन्ट’ को औँठीको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिन् र विश्वभरका आफ्ना प्रशंसकसामु खुसीको खबर बाँडिन्।
४८ घण्टाभित्रै वेइबोको उनको सो पोस्टमा एक लाख ७० हजारभन्दा बढी कमेन्ट र ८ लाख ३० हजार लाइक आयो।चीन र जापानबीचको सम्बन्ध करिब एक शताब्दीदेखि तिक्त छ । तर किन चिनियाँहरुमा एक जापानी पोर्नस्टारको यति ठूलो प्रभाव छ त ?
वास्तवमा अओइले चिनियाँ इन्टरनेट प्रयोगकर्ताको जीवनमा आश्चर्यजनक रुपमा महत्वपूर्ण भूमिकाका खेलेकी छन्। ‘हामी तिम्रा चलचित्रसँगै हुर्कियौँ र सँधैझैँ तिमीलाई समर्थन गरिरहनेछौँ,’ चिनियाँ माइक्रोब्लगिङ साइट वेइबोमा एक फ्यानले लेखे।
‘तिमी मेरालागि सदैव एक देवीका रुपमा रहनेछौ,’ अर्का वेइबो प्रयोगकर्ताले लेखे। ‘गुरुआमा अओइ’ सन् २००० को दशकको सुरुदेखि नै अओइले पोर्नोग्राफीमा आफ्नो करिअरको सुरुवात गरेकी थिइन्। अनुमानित रुपमा उनले ९० भन्दा बढी वयष्क चलचित्रमा भूमिका निभाएकी छन्। सन् २००३ देखि २००५ सम्म त हरेक महिना उनको नयाँ पोर्न चलचित्र आउने गथ्र्यो।
चीनमा पोर्नोग्राफी प्रतिबन्धित छ, तै पनि उनी चिनियाँ पुरुषहरुको मुटुको ढुकढुकी बनेरै छोडिन्। ‘आफ्नो किशोरावस्थामा उपयुक्त यौन शिक्षा नपाएका थुप्रै चिनियाँहरुका लागि सोरा अओइ हाम्रो गुरुआमा बनिन्,’ एक सत्ताइस वर्षीय चिनियाँ पुरुष भन्छन्।
चिनियाँ इन्टरनेट तीव्र गतिमा विकसित भइरहेको बेला चीनमा उनको लोकप्रियता बढ्यो। एकपछि अर्को गर्दै नयाँनयाँ वेब पोर्टल, अनलाइन समुदाय र स्ट्रिमिङ साइटहरु खुले, जसले पोर्नोग्राफीसहित अन्य सबै प्रकार सूचनाहरुलाई फैलिन मद्दत गरे। ‘सोरा अओइले चीनमा लोकप्रियता हासिल गर्ने सही समय उपयोग गरिन्,’ हङकङस्थित चाइनिज युनिभर्सिटीको जापान अध्ययन विभागका प्राध्यापक वाइ मिङ ङ भन्छन्।
‘उनी यो देशमा लोकप्रिय बन्दै गर्दा चीन यौनसहित अन्य सबै क्षेत्रमा खुलापन अपनाइरहेको थियो,’ उनी भन्छन्। पोर्नोग्राफी चीनमा किशोरकिशोरीका लागि यौनका बारेमा सूचनाको मुख्य स्रोत हो। स्कुलमा यौनशिक्षा सीमित दिइन्छ र अभिभावक केटाकेटीलाई यसबारे ज्ञान दिन लजाउँछन्।
यतिधेरै पोर्न छ्याप्छ्याप्ती उपलब्ध हुँदा पनि सोरा अओइ किन अलग छिन् त ? एसियाली समाजमा यौन एक ‘ट्याबु’ हो तर पोर्नोग्राफीमा आफ्नो करिअरलाई लिएर अओइले आफूले कहिल्यै हीनताबोध महसुस नगरेको बताएकी छन्। उनले जहिले पनि ‘आफ्नो काममा रमाएको’ अभिव्यक्ति दिँदै आएकी छन्। अनलाइनमा उनीमाथि गरिएका तिक्त टिप्पणीहरुप्रति पनि उनले संयमतापूर्वक जवाफ दिने गरेकी छन्। बिबिसी
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












