पत्रकार न्यौपानेको पुस्तक ‘स्वर्णिम समय’माथि गोरखामा परिचर्चा, कसले के भने ?
गोरखा । पत्रकार तथा लेखक दामोदर न्यौपानेको चौंथो पुस्तक ‘स्वर्णिम समय’को गोरखामा परिचर्चा गरियो । परिचर्चामा सहभागीले पाठकले पुस्तकले बालबालिकालाई उमेर अनुसार कसरी कसरी व्यवहार गर्ने र कसरी हुर्काउने भनेर सिकाउने पतिक्रिया दिए । गोरखा नगरस्तरीय बालक्लब संजालले आयोजना गरेको कार्यक्रममा शिक्षिका वृहस्पती गिरीले पुस्तकले शिक्षक र अभिभावकको पुस्तकले ध्यानाकषर्ण गरेको बताइन् । ‘सबै व्यक्ति सुखि परिवारमा जन्मेका हँुदैनन्, उनले भनिन्, ‘दुःखी परिवारमा जन्मिएका पनि संघर्ष गरेर सफल हुन सकिन्छ भन्ने उदाहरण यो पुस्तकले दिएको छ । स्वर्णिम समय शिक्षक, कर्मचारी सबैले पढ्नु पर्छ ।’
बालअधिकार अभियन्ता पवित्रा भट्टराइले न्यौपानेको पुस्तकले पढ्ने बानीको विकास गर्ने प्रतिक्रिया दिइन् । ‘न्यौपानेका पुस्तक प्रेरणादायि छन्,’ उनले भनिन्, ‘लेखक न्यौपानेसँग पहिल्यै संगत गर्न पाएको भए मेरो जीवन निकै प्रेरणा पाउने रहेछु । धेरै अघि बढ्ने रहेछु भन्ने लागेको छ । मैंले पनि निकै संघर्ष गरेको छु । दुःख गरेर पढेको हुँ । अरूकोमा श्रम गरेर पढेको हुँ । कोही बेला दिक्क लाग्थ्यो । यस्तो बेला कर्म, स्वर्णिम समय, एम्बुसमा ६ वर्ष जस्ता न्यौपानेका पुस्तक पढेर हौसला पाएको छु ।’
इन्जिनियर तथा बालअभियन्ता गणेश गिरीले लेखकले जीवित मान्छेका अनुभव लेखेर सफल र असल मान्छेको जीउँदैमा सम्मान गरेको प्रतिक्रिया दिए । ‘मान्छे मरेपछि मात्रै सम्मान गर्ने परम्परा छ हाम्रोमा,’ उनले भने, ‘तर लेखकले क्रियाशिल मान्छेका कथा लेखेर प्रेरणा दिनु भएको छ । उहाँहरूले पहिला दुःख गर्नु भयो । दुःख गरेरै बाल्यकाल बिताउनु भयो । अहिले उहाँहरूको जीवनमा स्वर्णीम समय आएको छ । संघर्ष गरेर सफल भइन्छ भन्ने उहाहरण हो यो पुस्तक । यो पुस्तक अभिभावक र विद्यार्थीको हात हातमा पुग्नु पर्छ ।’ पुस्तकमाथि बहिरा बालबालिकाले पनि चर्चा गरेका थिए । मनकामना बहिरा विद्यालयमा कक्षा ८ मा पढ्ने प्रताप थापामगरले पुस्तकले सबै क्षेत्रका मानिसलाई समेटेको र गहिराइमा पुगेर लेखिएको प्रतिक्रिया दिए । ‘किताबमा अपांगलाई महत्व दिइएको रहेछ,’ उनले भने, ‘पहिला समाजमा अपांगलाई महत्व दिइदैनथ्यो । किताबमा त झन् समेटिएको मैंले पाएको थिइन । दामोदर दाइले हाम्रो स्कुलमा पनि आएर हाम्रा समस्या उठाउनु भएको रहेछ । हामीलाई अझै पनि संचारको समस्या छ । हाम्रो मात्रै विषयमा पनि लेखिदिनु होला ।’ उनको भनाइको दोभाषे शिक्षिका वृहस्पती गिरीले सांकेतिक भाषामा उल्था गरिदिएकी थिइन् ।’
लेखक न्यौपानेले तुलनात्मक रुपमा असल र सफल व्यक्तिको बाल्यकाल र बालापन पुस्तकमा समेटिएको पुस्तक बालबालिकाको लागि प्रेरणादायि बन्न सकोस भनेर पुस्तक ल्याएको बताए । ‘हामी बालबालिकालाई मनोविज्ञान बुझेर व्यवहार गर्न जान्दैनौं,’ उनले भने, ‘त्यही भएर हामीले चाहे जस्तो परिणाम आउन सकेको छैन । बालबालिकामा उमेर अनुसार मानसिक अवस्थामा परिवर्तन आउछ । यो परिवर्तन बुझ्न सकिएन भने व्यवहार गर्न पनि जानिदैन । योे पुस्तकले कुन उमेरमा कस्तो मनोवैज्ञानिक परिवर्तन आउछ भनेर पनि बुझ्न सहयोग गर्छ ।’ कार्यक्रममा पत्रकार न्यौपानेलाई सम्मान पनि गरिएको थियो । न्यौपानेका ४ पुस्तक प्रकाशित भएका छन् । ति मध्ये एम्बुसमा ६ वर्ष शसस्त्र युद्धमा आधारित, कर्म : सिकाइमा गहिरिएका खाडल शिक्षा, सिकाइ, बालबालिका, बालमनोविज्ञानमा आधारित भने ट्यालेन्ट शो शिक्षकले गर्न व्यवहारका कारण बालबालिकाले झेल्नु पर्ने मनावैज्ञानिक समस्यामा आधारित छन् । चर्चा कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख विनाकुमारी श्रेष्ठ, वडा सदस्य रन्जिला श्रेष्ठ, नगर कार्यपालिका सदस्य हरि गान्धारी, शिक्षक जनार्जन पोखरेल लगायतले पुस्तक माथि चर्चा गरेका थिए ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












