नेपाली नायिकाहरुद्धारा सलमान खानसँग अस्वीकार, ‘कुटुमा कुटु’ गीतमा नाच्न चेतावनी
काठमाडौं, २६ माघ । बलिउड सुपरस्टार सलमान खान आउँदो फागुन २६ गते नेपाल आउँदैछन् । टुँडिखेलमा हुने ‘दबंग द टुर नेपाल’ का लागि सलमान नेपाल आउँन लागेका हुन् । सलमानसँगै ‘दबंग द टुर नेपाल’ मा बलिउड नायिका सोनाक्षी सिन्हा, अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभु देवा, ज्याकलिन फर्नान्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पल पनि सहभागी हुनेछन् ।
यो कन्सर्टका लागि आयोजकले २ हजार देखि १० हजार सम्म टिकट मूल्य तोकेको छ । आयोजक संस्था ओडीसी इन्टरटेन्मेन्टले धमाधम तयारी सुरु गरिरहेको छ । ओडीसीले नेपाली नायिकाहरुलाई समेत उक्त कन्सर्टमा सहभागी गराउने योजना बनाएको छ । तर नेपाली नायिकाहरुले अस्वीकार गरेका छन् । उनीहरुले सलमान खानको सम्मान गर्ने तर आयोजकले आफुहरुलाई राखेको प्रस्ताव अस्वीकार गरेका बताएकी छन् ।
नेपाली नायिका त्रय स्वस्तिमा खड्का, प्रियंका कार्की र एलिशा राईलाई कन्सर्टमा आफ्नो नृत्य प्रस्तुत गर्नका लागि आयोजक संस्थाले प्रस्ताव राखे पनि उनीहरुले अस्वीकार गरेका हुन् । जुन खबरले यतिबेला निकै चर्चा पाईरहेको छ ।
सलमानको कोरस भएर नृत्य गर्नुपर्ने भएपछि स्वस्तिमा, प्रियंका र एलिशाले आयोजक संस्थाको प्रस्तावलाई ठाडै अस्वीकार गरेको बताईएको छ । बिहीवार फिल्म ‘जय भोले’ को घोषणा सभामा नायिका स्वस्तिमा खड्काले यसको खुलाशा गरिन् ।
पत्रकारको प्रश्नमा उनले भनिन्, ‘म सलमान खानलाई सम्मान गर्छु । उहाँ बलिउडको सुपरस्टार हुनुहुन्छ । उहाँसँग स्टेज शेयर गर्न पाउनु भनेको मेरो लागि एकदमै ठूलो कुरा हो ।’ उनले अगाडि भनिन्, ‘आयोजक संस्थाले हामीलाई कोरसको रुपमा प्रस्ताव गर्नुभयो । यदि सलमान खान नेपाली गीत अर्थात्, ‘कुटुमा कुटु’ गीतमा नाच्नु हुन्छ भने म कोरसमा नाच्न तयार छु । तर, हिन्दी गीतमा उहाँको साइडमा बसेर नाच्न मलाई मेरो इथिक्सले दिँदैन ।’
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












