भारतीय चर्चित अभिनेता सलमान खानलाई सर्वाेच्च अदाले ५ वर्षको जेल सजाय ताेकेकाे छ । जोधपुर अदालतले कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई सो सजाय सुनाएको हो ।
सर्वाेच्चले सलमानलाई ५ वर्षकाे सजाय ताेकेपछि उनी धराैटीमा छुट्न नमिल्ने भएकाे भारतीय सञ्चार माध्यमले जनाएकाे छ । उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा जेलबाट छुट्न सक्थे । उनलाई तत्कालै हिरासतमा राखिएकाे छ ।