दिब्य सेवा निकेतन (ज्येठ नागरिक आश्रय स्थल) गोल्फुटार, नि : सहाय सेवा सदन तिनकुनेमा रहेकाे छ । त्याहा रहेका करीब ११५ आमा बुबाहरुलाई आर्ट अफ गिभिङ दिवसकाे दिन भाेजन गराइएकाे थियाे
त्यसैगरी चितवनको कान्दामा सञ्चालित कुमार बलराम स्मृती छात्राबासमा रहेका १६५ बालबालिकालाई एक दिनको खाना उपलब्ध गराइएको थियो भने अनामनगरमा रहेको श्री रुद्रमती प्राथमिक विद्यालयमा अध्ययनरत सम्पुर्ण बालबालिकालाई एक दिनको दिवा खाजा बाँडिएको थियो ।
आज मे १७ मा विश्वभर आर्ट अफ गिभिगं दिवस अवसरमा आजै मात्रै विश्वभर गरेर करिब १ करोड असाहय गरिब तथा अनाथहरुलाई भोजन उपलब्ध गराइएको आर्ट अफ गिभिङ दर्शनका प्रतिपादक डा. अच्युत सामन्तले बताएका छन् ।
Comments
प्रकाशित मिति : 2018-05-18