शुरु भयो अक्षरा अन्तर्राष्ट्रिय थियटर फेस्टिबल
काठमाडौँ । सिकाइलाई रगमञ्चसंग जोड्ने मुख्य उद्देश्यकासाथ दोस्रो काठमाडौं अक्षर अन्तर्राष्टिय थियटर फेस्टिबल शुरु भएको छ । चार दिन चल्ने फेस्टिबलको प्राडा अभि सुवेदीले उद्घाटन गरेका हुन् । राजधानीको काँडाघारी स्थित अक्षरा स्कुलले आयोजना गरेको यो महोत्वसबा विश्वका १० देशका बालबालिका र बालबालिकासग सम्बन्धित संस्थाको सहभागीता छ । अक्षरा स्कुलको अभि थियटरमा भएको फेस्टिबलको पहिलो शो नेपालको तर्फबाट अक्षरा स्कुलका विद्यार्थीले व्युटि इज अ विस्ट शिर्षकमा नाटक प्रस्तुत गरे । दोस्रो शो बंगलादेशका बालबालिकाले फ्लोर अफ द सोल नाटक प्रस्तुत गरे । त्यहाको अनिसन विक्रोमपुर थियटरका बालबालिकाले नाटक प्रस्तुत गरेका थिए । अक्षरा स्कुलले प्राडा अभि सुवेदीको नाममा यो थियटर स्थापना गरेको हो ।
थियटरको उद्घाटन गर्दै प्राध्यापक सुवेदीले शैक्षिक प्रणालीमा उर्जा थप्ने प्रतिक्रिया दिए । ‘शिक्षामा उर्जा थप्ने हो भने नाटक संस्कृति विकास गर्नै पर्छ,’ उनले भने ‘शिक्षाको नाममा ठग्ने हो भने अर्के कुरा । । नठगी शिक्षा दिने हो भने थियटर कल्चर हुनै पर्छ । बालबालिकामा मानवता सिकाउन थियटर चाहिन्छ । तर यहा भाषण गर्ने थियटर छन् । गाली गर्ने थियटर छन् । तर शिक्षाको लागि थियटर छैनन् । बालबालिकाको लागि थियटर छैनन् । बालबालिकाको लागि थियटरको कन्सेप्ट ल्याएर स्कुलले उदाहरणीय काम गरेको छ ।’ महोत्सवमा बंगलादेश, भारत, पाकिस्तान, डेनमार्क, जर्मनी, रसिया, इन्डोनेशिया, श्रीलंका, स्विजरल्याण्ड गरी दश देशको सहभागीता छ ।
स्कुलकी प्रिन्सिपल अन्जु भट्टराइले क्रस कल्चर एक्स्चेन्चको अवधारणा अनुसार यो महोत्सव आयोजना गरेको जानकारी दिइन् । स्कुलको मिसन भनेकै ग्लोबल सिसिटजन तयार गर्नै हो, उनले भनिन्, ह्युमनलाई वृहत रुपबाट जोड्न सकियोस् भनेर यो कार्यक्रम गरिएको हो । रंगमञ्चलाई शिक्षासंग जोडियो भने सिर्जनात्मक सिकाइको अभ्यास हुन सक्छ । अन्तराष्टिय स्तरको महोत्सवले अनुभव साटा साट हुन्छ । बालबालिकाको मनोवल बढ्छ ।’
महोत्सवको परिकल्पना, निर्देशन रंगकर्मी टंक चौंलागाइले गरेका हुन् । यस्ता महोत्सवले अरु देशको नाटक संस्कृति नियाल्न सहयोग पुग्ने चौलागाइले बताए । महोत्सव शुरु बालबालिका, अभिभावक लगायतले काडाघारी क्षेत्रमा झाकी सहित नगर परिक्रममा गरेका थिए । झाकीमा आ आफ्नो देशको भेषभूसा प्रदर्शन गरिएको थियो । परम्परागत बाजागाजा सहित नगर परिक्रममा गरिएको थियो ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












