सेक्सको लत रोग हो या अरु केहि नै ? कारण यस्तो छ…
काठमाडाैं ५, असार । हामीले निकोटिन, रक्सी र लागुऔषधजस्ता नशालु पदार्थको लतलाई स्विकार गरेका छौं । यसले पुर्याउने क्षतीलाई पनि स्विकारेका छौं ।
तर यदि सेक्सको लतको कुरा आए विशेषज्ञको धारणा बाँडिएको छ । केहीले सेक्सको लतलाई स्विकारेका छन् भने कतिले अस्विकार गर्दै आएका छन् ।
सेक्सको लतलाई अहिले रोगको रुपमा लिइएको छैन त्यसकारण कति मानिसले यसका लागि चिकित्सकीय परमार्श मागेका छन्, यसको कुनै आधिकारिक डेटा पनि उपलब्ध छैन ।
पोर्न र सेक्सको लतसँग जुधिरहेकाको मद्दतका लागि विकास गरिएको वेबसाइटले ब्रिटेनमा २१ हजार मानिसमाथि सर्वेक्षण गर्यो । यी मानिसहरुले सन् २०१३ पछि वेबसाइटसँग मद्दतका लागि सम्पर्क गरेका थिए ।
यीमध्ये ९१ प्रतिशत पुरुष थिए र १० ले मात्र आफ्नो समस्याका लागि डाक्टरसँग परामर्श लिएका थिए ।
विशेषज्ञको धारणाः
सेक्सको लतलाई सन् २०१३ को ‘डाइग्नोस्टिक एण्ड स्टेटिस्टिकल म्यानुअल अफ मेन्टल डिसअर्डर्स (डीएसएम) मा समावेश गर्नेबारे विचार गरिएको थियो तर प्रमाणको अभावका कारण यसलाई समावेश गरिएन । डीएसएम अमेरिका र ब्रिटेनको एक महत्वपूर्ण डाइग्नोस्टिक टूल हो ।
तर अब कम्पल्सिव सेक्सुअल बिहेबियर (बाध्यात्मक यौन व्यवहार) लाई विश्व स्वास्थ्य संगठनको तर्फबाट जारी हुने म्यानुअल इन्टरनेशनल क्लासिफिकेशन अफ डिजिज (आइसीडी) मा समावेश गरिनेमा विचार गरिँदैछ ।
नयाँ प्रमाण सार्वजनिक भएपछि जुवा खेल्ने लत र धेरै खाने लतलाई पनि सन् २०१३ मा रोगको रुपमा स्विकार गरिएको थियो । सुरुमा जुवालाई पनि बाध्यात्मक व्यवहार नै मानिन्थ्यो ।
थेरापिस्टको मान्यता अनुसार सेक्सको लत पनि यसरी नै समावेश हुनसक्छ ।
दिमागमा के चल्छ ?
एक अनुसन्धानका अनुसार सेक्सका लतका शिकार कोही व्यक्तिले जब पोर्न हेर्छ उनको दिमागमा त्यस्तै गतिविधी पैदा हुन्छ जुन कुनै नशाको लतका शिकार व्यक्तिको दिमागमा लागुऔषध देख्दा हुन्छ ।
सेक्सको लत के लाई भन्ने यसको कुनै निर्धारित आधिकारिक व्याख्या छैन ।
ओपन युनिभर्सिटीमा एमेरिटस प्रोफेसर डा. फ्रेडरिक टोएट्स भन्छन्, ‘लतका शिकार भएका व्यक्तिले दीर्घकालीन क्षती व्यवहोर्नुपर्छ भन्ने थाहा पाउँदा पाउदै अल्पकालीन फायदा हेर्छन् । त्यस विपरित बाध्यात्मक व्यवहार (अब्सेसिव कम्पल्सिव डिसअर्डर) बाट प्रभावित व्यक्तिले यस्ता व्यवहार पनि गर्दछन् जसमा उनलाई कुनै आनन्द प्राप्त हुँदैन ।’
यद्यपी, आनन्दको चाह हामी सबैमा हुन्छ तर सामान्य प्रतिफलको चाहना गर्ने व्यवहार र लतबीच के अन्तर होला ?
मनोवैज्ञानिक डा. हेरियट गेराडका अनुसार कुनै व्यवहारले व्यक्ति र उ वरिपरिको वातावरणलाई क्षती पुर्याउँछ तब यो लत बन्छ ।
जुवा खेल्ने र अत्यधिक खाने लतलाई रोगको रुपमा मानिएको छ तर सेक्सको लतलाई होइन किनभने त्यो जनमानसमा लामो समयदेखि विद्यमान छ ।
यसको अर्थ यो हो कि जुवा र अत्यधिक खाने मामलामा अन्य मानिसहरु पनि मद्दतका लागि तम्सिएका हुन्छन् जसले उनीहरु रोगी भएको समर्थन गर्छ र थप प्रमाण प्राप्त हुन्छ ।
डा. अबिगेल सान क्लिनिकल साइकोलोजिस्ट हुन् जसको मान्यता अनुसार कसैलाई सेक्सको लत लागेको पनि हुनसक्छ । जो व्यक्तिले सेक्सको भावनालाई नियन्त्रण बाहिर भएको महसुस गरिरहेका छन्, यो कुनै अन्य लुकेको समस्याका कारण पनि हुनसक्छ । कसैले मोटोपना, चिन्ता र आघातबाट बाहिरिनका लागि पनि सेक्सको सहारा लिइरहेको हुनसक्छ ।
यद्यपी, उनी सेक्सलाई लत मानेपछि यसले मानिसहरुको मद्दत गर्नेछ भन्ने विषयमा सन्तुष्ट छैनन् विशेषगरी ती व्यक्तिको जसले सेक्सको प्रयोग अन्य समस्याबाट बाहिरिनका लागि गर्दै आएका छन् । उनका अनुसार यसले ओभर डाइग्नोसिसको समस्या पैदा हुनसक्छ अर्थात् गलत औषधी दिइनेछ वा लक्षणलाई राम्रो तरिकाले विश्लेषण गरिँदैन ।
के सेक्सको लत मिथ हो ?
सेक्सको लत एक वास्तविक रोग हो भन्ने बारे धेरैले अस्विकार गर्दै आएका छन् ।
‘द मिथ अफ सेक्स एडिक्शन’ किताब लेख्ने सेक्स थेरापिस्ट डेविड ले भन्छन्, ‘साधारणतया सेक्सको लत मानिने व्यवहार वास्तवमा मूड र कुण्ठासँग जोडिएको समस्याको उपचार नगराएको लक्षण हो ।’
उनी थप्छन्, ‘सेक्स वा हस्तमैथुनलाई रक्सी वा ड्रग्सजस्तै मान्नु सही होइन । रक्सीको लतको शिकार मानिसहरुले रक्सी छोड्दा मृत्यु पनि हुनसक्छ ।’
‘सेक्सको लतको धारणा स्वस्थ यौन सम्बन्धसँग के छ त्यससँग जोडिएको नैतिक मूल्यमा आधारित छ ,’ उनी भन्छन् ।
‘यदि तपाईं आफ्ना थेरापिस्टको धारणाभन्दा धेरै र भिन्न तरिकाले सेक्स गरिरहनुभएको छ भने उनको नजरमा तपाईंलाई सेक्सको लत छ ।’
रचेल श्रायल /बीबीसी
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












