चर्चित मेकअप आर्टिस्ट सिमा गुरुङको लाजिम्पाटमा सिमा द मेकअप स्टुडियो संचालनमा
काठमाडौँ १७, असार । बिगत लामो समय देखि नेपाली सिने क्षेत्रमा मेकअप आर्टिस्टको रुपमा चर्चा बटुल्दै आएकी चर्चित मेकअप आर्टिस्ट सिमा गुरुङले लाजिम्पाटमा “सिमा द मेकअप स्टुडियो” संचालनमा ल्याएकी छिन ।
चर्चित नायिकाहरु संचिता लुइटेल, स्वेता खड्का र ऋचा शर्माले संयुक्त रुपमा रिबन तथा केक काटेर उद्घाटन गरेको उक्त सिमा द मेकअप स्टुडियो अत्याधुनिक प्रबिधि मार्फत संचालनमा ल्याईएको छ । उक्त अबसरमा चर्चित सेलेब्रेटिहरुको साथमा फेशन डिजाइनर, सौन्दर्यबिद, कलाकार, संचारकर्मी समाजसेवी तथा अन्य सर्बसाधारणहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
पछिल्लो समय विभिन्न कार्यक्रम, विवाह, भोजलगायत महत्वपूर्ण कार्यक्रममा जाँदा विशेष देखिन शृङ्गार गृहमा तयार भई जाने क्रम बढ्दाे छ। यस्ता कार्यक्रममा जाँदा महिला हुन् वा पुरूष विशेष देखिन चाहन्छन्। साैन्दर्यप्रेमी सेलिब्रेटी एवम् सर्वसाधारणकाे अहिलेकाे प्राथमिकतालार्इ ध्यानमा राख्दै चर्चित मेकअप आर्टिस्ट सिमा गुरुङले ‘सिमा द मेकअप स्टुडियो’ सञ्चालनमा लिएर आएकी हुन् ।
सिमा द मेकअप स्टुडियो एन्ड ट्रेनिङ एकाडेमी मार्फत अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको महिला पुरूषका लागि ब्राइडल, एक्स्क्ल्युसिभ ब्राइडल प्याकेज, पार्टी मेकअप लगायत सबै खाले सेवा उपलब्ध हुने सीमाले बताएकी छिन।उनि भन्छिन, ‘मेकअप स्टुडियोमा मेकअपसम्बन्धी तालिमको पनि व्यवस्था पनि गरिएको छ ।’ साथै होम सर्भिस मेकअपको समेत ब्यबस्था गरेकी छिन ।
उक्त शृङ्गार गृहमा सेलिब्रेटी मेकअप र सुटिङ सम्बन्धि सम्पूर्ण मेकअप पनि गरिने छ। साथै सेलिब्रेटी तथा सर्वसाधारणले स्टुडियोमा गएर मेकअप गरी सिधैँ पार्टी र सुटिङमा जान सक्ने बताउछिन सिमा गुरुङ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











