जुलाई १२ मा ‘शत्रु गते’ युएईमा प्रदर्शन हुँदै
काठमाडाैं २६, असार । बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रु गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र हलमा व्यावसायिक रुपमा उधुम मच्याउन सफल चलचित्र ‘ शत्रु गते ’ को खाडी राष्ट्रको पहिलो शो युएईमा आगामी जुलाई १२ तारिक हुने भएको हो ।
नेपालमा दर्शकले मन पराएको चलचित्र ‘ शत्रु गते ’ पछिल्लो समय संयुक्त अरब ईमिरेट्सका दर्शकको सबै भन्दा धेरै माग भएको चलचित्र हो । नेपाली चलचित्र मध्ये उच्च कमाइ गर्ने मध्येको ‘शत्रु गते’ युएईका बिभिन्न शहरका १५ सिनेमा हलमा लाग्ने भएको छ ।
चलचित्र १२ जुलाईमा युएईको दुबई , अबुधाबी, अजमान, रसअलखेमा, फुजेराहलगायत ठाउँका बिभिन्न सिनेमा हलमा प्रदर्शन हुनेछ ।
नेपाली चलचित्र शत्रु गते युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा देश बाहिर नियमित प्रदर्शन हुने बाताबरण बनाइएको कम्पनीका युएई प्रतिनिधि रमेश ढकालले बताए ।
‘ शत्रु गते’ मह सञ्चारको निर्माण र किरण केसीको प्रस्तुतीमा निर्माण भएको हो । सामाजिक कथामा केन्द्रीत चलचित्र विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ ।
प्रदीप भट्टराई निर्देशित चलचित्र मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ ।
चलचित्र मा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । नेपाल लगाएत बिदेशमा समेत सफल पर्दशनी भई सकेको यस चलचित्र यस बर्ष सर्वाधिक कमाई गर्ने दोश्रो ठुलो नेपाली चलचित्र हो ।
युएईमा गत २०१६ अक्टोबर १४ तारिक देखि नेपाली चलचित्र नियमित प्रदर्शन सुरु भएको थियो । बिरबिक्रम , छक्कपन्जा ,जात्रा , लुट २ , सकुन्तला लगाएतका नेपाली चलचित्र पर्दशनी भए पछि बिभिन्न कारणले युएईमा नेपाली चलचित्र पर्दशनी स्थगित भएको थियो । पुन नियमित चलचित्र पर्दशनीको लागि सम्पूर्ण तयारि सकिएको युएईमा नेपाली चलचित्र पर्दशनीको बाताबरण मिलाएको कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका राजन अधिकारीले बताए ।
मध्यपूर्वमा नेपाली चलचित्र पर्दशनी संगै नेपालमा रहेका नेपाली माझ मात्र खुम्चिरहेको चलचित्रको बजार अन्तराष्ट्रिय स्तरमा फैलाउन मद्त पुगेको कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले बताएको छ । देश बाहिर नेपालीको धेरै संख्या खाडी मुलुकमा छ । प्रवासमा आफ्नो कला, सांस्कृति र साहित्यतर्फ चासो बढी राख्ने गर्छन । युएईपछि कतार, बहराइन, ओमन लगाएतका देशमा पनि आफ्नो संस्था कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्र प्रदर्शन गर्ने राजन अधिकारीले जनाए ।
चलचित्र ‘शत्रु गते’को खाडी राष्ट्रको पहिलो शो युएईमा आगामी जुलाई ५ तारिक देखि पर्दशनी तयारि गरेर प्रचारप्रसार गरिरको भए पनि बिबिध कारणले तयारी नसकिएकाले पर्दशनी मिति परिबर्तन गरेर जुलाई १२ तारिक बनाइएको कम्पनीका प्रतिनिधि रमेश ढकालले बताएका छन ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












