अध्यारोबाट उज्यालोमा जाने चित्रकला ‘तमसोमा ज्योतिर्गमय’
काठमाडौँ २८ असार।चित्रकार सन्ध्या रेग्मीको नवौ एकल चित्रकला प्रदर्शनी ‘तमसोमा ज्योतिर्गमय’ शीर्षकमा नेपाल कला परिषदमा प्रदर्शनी भइरहेको छ ।
यही असार २३ गतेदेखि शुरु भई असार २९ गतेसम्म चल्ने प्रदर्शनीमा ३३ वटा बत्ती, ॐ, गायत्री मन्त्र, महामृत्युजन्य मन्त्र लगायत यथार्थवादी, अमुर्त र अर्धमुर्त शैलीका चित्रहरु राखिएका छन् ।
कलाकार रेग्मीले ५ बर्षदेखि गरेको सिर्जना र मेहनतबाट निर्माण भएका ती चित्र अध्यात्मवादसँग सम्बन्धित छ भने समाजलाई अन्ध्यारोबाट उज्यालोतिर, असत्यबाट सत्यतिर, मृत्युबाट जीवनतिर लैजाने दार्शनिक मान्यतालाई चित्रले प्रतिविम्बित गरेको छ ।
इञ्जिनियरसमेत रहेकि कलाकार रेग्मीले प्रत्येक चित्रको संरचना हेर्दा पहेलो, रातो, खैरो रंगको प्रयोग राम्रोसँग गणितको हरहिसावलाई व्यवस्थापन गरेको पाइन्छ । सन् २०१३ मा “बुद्धका अनुहारहरु“ शीर्र्षकमा सातौ एकल चित्रकला गरेकी रेग्मीले स्वदेश र बिदेशमा गरी नौ पटक सम्म आफ्ना पेन्टिङहरुको प्रदर्शनी गरिसकेकि छिन।
बरिष्ठ कला समीक्षक रमेश खनालले चित्रका किनारामा धमिलो हुँदै केन्द्रमा चहकिलो रंग भरेको शैलीले बोधिसत्व प्राप्तिका लागि अध्यारोबाट उज्यालोमा जाने विधिलाई चित्रमार्फत देखाउन खोजिएको बताए ।
मुलुकमा भएको १० वर्ष लामो गृहयुद्धमा सर्वसाधारण नागरिकमा परेको असहज परिस्थिति, भयलाई प्रस्तुत गर्न आकाश रिसाउँदा समुन्द्रमा रगत बगेको बिम्बमा चित्र तयार पारिएको छ । सूर्य भगवानलाई सर्वशक्तिमान, सर्वव्यापी मानिएका केही चित्रमा सर्वज्ञका रुपमा शिवशक्तिको महत्वलाई प्रस्तुत गरिएको छ भने ॐ को नाममा चित्र कोरिएको छ । सात वटा चित्र ॐ सँग सम्बन्धित छन् भने ॐ बाट शिव तथा महादेव देखाइएको छ । ॐ को अगाडि पछाडि बलिरहेको दियो, डमरु र त्रिशुल प्रतिकका रुपमा चित्रमा प्रस्तुत गरिएका छन् । विश्व ब्रम्हाण्डमा ॐ को महत्व, अविनाशी, अजर र अमर शक्तिका रुपमा सिर्जना अभिव्यक्त गरिएको छ ।
भूकम्पको समयमा नागरिकमा आएको निराशालाई केही चित्रबाट देखाउन खोजिएको छ । गायत्री मन्त्रका आधारमा मृत्युबाट जीवन, अन्धकारबाट उज्यालोमा जान सक्ने शिक्षा र सन्देश चित्रमा देखाइएको इन्जिनियर दिनेश शिवाकोटीले बताए।
समाजलाई सकारात्मक परिवर्तनका लागि कला क्षेत्र सशक्त माध्यम बन्नसक्दछ किनभने यसको प्रभावले मानिसमा चाँडो परिवर्तन आउँछ । वेदको गहन अध्ययनबाट प्राप्त गरेको शिक्षाका आधारमा कलाकार रेग्मीले कोरेका चित्रले आध्यात्मिक दर्शनका माध्यमबाट समाजलाई सकारात्मक सन्देश दिन सकिने विश्वास गरिएको छ ।
अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडण्यले चित्रमा वैदिक परम्पराको मौलिकता रहेको बताउँदै आफूलाई चित्रले राम्रो प्रभाव पारेको विचार व्यक्त गरे।
बुद्धले बोधिसत्व प्राप्त गरेपछि पनि दिव्य ज्ञानका माध्यमबाट अन्धकारबाट अन्धकार, अन्धकारबाट उज्यालो, उज्यालोबाट अध्यारो र उज्यालोबाट उज्यालोलाई अनुभूत गर्न सकिने शिक्षाका बारेमा उपदेश दिएको प्रसंग अनुत्तर निकायमा पाइन्छ ।
कलाकार रेग्मीले मानव सभ्यताको विकास क्रममा वैदिक सभ्यता र संस्कृतिको ठूलो महत्व रहेको बताउँदै ज्ञानबाट प्राप्त गरिने सत्यको स्वानुभूतीलाई विभिन्न चित्रमा अध्यात्मिक चिन्तनका अभिव्यक्ति दिएको बताए। उनले भने–‘जीवन र जगतलाई बुझ्ने सबैका फरक फरक भोगाई र विश्लेषण नै ज्ञानका हो, त्यो सत्य वा असत्य दुबै हुन सक्तछ ।’ विभिन्न उमेर समुहका दर्शकहरुले ती चित्रलाई महत्व दिएर हेर्न आएको पाइएको छ । प्रदर्शनीको अर्को आकर्षणमा कलासँग साहित्य र पनि मिसाइएको छ । प्रत्येक चित्रमा कवी गोपीकृष्ण प्रसाईंले नेपालीमा र कवि तुसार सुबेदीले अंग्रेजीमा कविता रचना गर्नुभएको देख्न सकिन्छ ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












