नाबालकदेखि वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न
रोल्पा२८,असार।रोल्पामा ११ वर्षीय नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न भएको पाइएको छ । यो प्रवृत्तिका कारण यहाँ २ देखि ५६ वर्ष सम्मका महिला जबर्जस्ती करणी तथा करणी उद्योगको शिकार बनेको जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकले देखाउँछ ।
प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार यसरी भएका जबर्जस्ती करणी तथा करणी उद्योगका घटनामा उमेर पुगेका भन्दा उमेर नपुगेका बालबालिका बढी संख्यामा शिकार भएका देखिएको छ । नाबालिका तथा बोल्न नसक्ने महिलामाथि जबर्जस्ती करणी तथा उद्योगका घटना घट्ने मात्र थुप्रै हुने गरेको छ । यीमध्ये धेरैजसो घटना घरबाहिर रहेको बेला, जंगलमा गोठाला गएको बेला र स्याउला सोत्तर ल्याउन गएका बेला हुने गरेको उहाँको भनाइ छ । प्रविधिको दुरुपयोग गर्दै गराउँदै अश्लील भिडियो तथा अन्य सामग्री हेर्ने-हेराउने प्रवृत्तिले पनि यौन विकृत मानसिकताको विकास हुँदै गएको पाइएको प्रनाउ फुयाँलको भनाइ छ ।
मुद्दा फाँटका प्रहरी नायब निरीक्षक हेमन्त केसीका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा मात्र पाँच जबर्जस्ती करणी तथा तीन जबर्जस्ती करणी उद्योगका गरी जम्मा आठ वटा घटना दर्ता भएका छन् । यस्तै, आर्थिक वर्ष २०७३÷७४ मा आठ जबर्जस्ती करणी तथा तीन जबर्जस्ती करणीका गरी जम्मा ११ वटा घटना दर्ता भएका छन् । विसं २०७४ फागुन २९ गते ६ वर्षीया बालिका जबर्जस्ती करणी गरेको अभियोगमा ११ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले नियन्त्रणमा लिएको थियो ।
सदरमुकामकै एक निजी विद्यालयमा एलकेजीमा अध्ययनरत बालिकालाई सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालकले जबर्जस्ती करणी गरेको अभियोगमा पीडितका आफन्तले प्रहरीमा उजुरी गरेका थिए । विद्यालयबाट फर्किएर साँझको समयमा घरबाहिर खेलिरहेकी बालिकालाई अँध्यारो हुने बेला ती बालकले ललाइफकाई जबर्जस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
बालिकाका अभिभावकका अनुसार असह्य पीडा भएपछि बालिकाले घरमा गई आफ्नी हजुरआमासँग घटनाका बारेमा जानकारी गराएकी थिइन् । पीडित बालिकाकी हजुरआमाले यस विषयमा तत्काल प्रहरीमा गजुरी गरेसँगै जिल्ला प्रहरी कार्यालय रोल्पाको एक टोली घटनास्थल पुगी अनुसन्धान शुरु गरेको थियो र त्यहीँबाट अभियुक्त बालकलाई आफ्नो नियन्त्रणमा लिएको थियो । जिल्ला अदालत रोल्पाको २०७४ साल चैत १२ गतेको आदेशअनुसार ११ वर्षीय नाबालक भएको हुँदा धरौटी राख्न लगाई बालकलाई आमाको जिम्मा लगाइएको छ ।
यस्तै, २०७४ साल साउन २६ गते राति द्विखोली गाउँपालिकामा ७६ वर्षीय वृद्धबाट ३३ वर्षीया युवती आफ्नो घरमै बलात्कारको शिकार बनेको पीडितका अभिभावकबाट प्रहरीमा उजुरी प¥यो । बोल्न नसक्ने भएका कारण उनले ती वृद्धसँग प्रतिकार गर्न नसकेको पीडितका अभिभावकले बताएका छन् । घटना घटेको भोलिपल्टै इलाका प्रहरी कार्यालय रोल्पाले पक्राउ गरी अनुसन्धानका लागि ती वृद्धलाई आफ्नो नियन्त्रणमा लियो । यसरी प्रहरी नियन्त्रणमा रहेका अभियुक्तलाई जिल्ला अदालत रोल्पाको आदेशअनुसार २०७४ साल भदौ १९ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएको छ ।
यसरी अभिभावक सरहका मानिसबाट पशुवत् रुपमा जघन्य प्रकृतिका घटना हुनु दुःखद पक्ष रहेको महिला मानव अधिकारकर्मीहरुको भनाइ छ । स्थानीयवासी हुकुमा सुवेदीका अनुसार यसरी दिनदाहाडै घर, आँगन, पँधेरा, विद्यालय, बाटोघाटो जहाँसुकै छोरीचेली बलात्कारको शिकार बन्दै आएको हुँदा पनि कतिपय अभिभावकले छोरीभन्दा छोरालाई प्राथमिकतामा राखेको हुनसक्छ । सम्पूर्ण परिवारमा छोरी, चेली वा श्रीमतीलाई सम्मान गर्ने वातावरण तयार भएपछि मात्र यस किसिमका घटनामा कमी आउन सक्ने उनको धारणा छ ।
प्रनाउ फुयाँलका अनुसार घटनाबारेको सूचना ढिलो गरी प्राप्त हुँदा प्रमाण संकलनमा समस्या हुने, भौगोलिक विकटताको कारण घटनास्थलमा पुग्न ढिलाइ हुने मात्र हैन पुनःस्थापना केन्द्र नहुनु, मानसिक विक्षिप्तता भएका पीडितको हेरचाह र उपचारको प्रभावकारी व्यवस्था नहुनु, पीडित अदालतमा आक्रामक रुपमा प्रस्तुत हुने, कतिपय उपस्थित नै नहुने प्रवृत्ति र अभियुक्त स्वयंले सही परिचय नदिनाले पहिचान र पक्राउमा समस्या हुने गरेको छ भने कतिपय घटनामा पीडितबाट सबै विवरण खुल्न नसक्ने अवस्था पनि देखिएको छ । अभियुक्त पत्ता नलागेसम्म पीडितलाई क्षतिपूर्तिको व्यवस्था नहुँदा राज्य जिम्मेवार हुनुपर्ने र सबै पीडितले पीडक चिन्न नसक्ने, साक्षीहरु विश्वसनीय नहुने र कतिपय अदालतमा आक्रामक बन्ने जस्ता समस्याहरु देखिएको उहाँको भनाइ छ
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











