नाबालकदेखि वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न
रोल्पा२८,असार।रोल्पामा ११ वर्षीय नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न भएको पाइएको छ । यो प्रवृत्तिका कारण यहाँ २ देखि ५६ वर्ष सम्मका महिला जबर्जस्ती करणी तथा करणी उद्योगको शिकार बनेको जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकले देखाउँछ ।
प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार यसरी भएका जबर्जस्ती करणी तथा करणी उद्योगका घटनामा उमेर पुगेका भन्दा उमेर नपुगेका बालबालिका बढी संख्यामा शिकार भएका देखिएको छ । नाबालिका तथा बोल्न नसक्ने महिलामाथि जबर्जस्ती करणी तथा उद्योगका घटना घट्ने मात्र थुप्रै हुने गरेको छ । यीमध्ये धेरैजसो घटना घरबाहिर रहेको बेला, जंगलमा गोठाला गएको बेला र स्याउला सोत्तर ल्याउन गएका बेला हुने गरेको उहाँको भनाइ छ । प्रविधिको दुरुपयोग गर्दै गराउँदै अश्लील भिडियो तथा अन्य सामग्री हेर्ने-हेराउने प्रवृत्तिले पनि यौन विकृत मानसिकताको विकास हुँदै गएको पाइएको प्रनाउ फुयाँलको भनाइ छ ।
मुद्दा फाँटका प्रहरी नायब निरीक्षक हेमन्त केसीका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा मात्र पाँच जबर्जस्ती करणी तथा तीन जबर्जस्ती करणी उद्योगका गरी जम्मा आठ वटा घटना दर्ता भएका छन् । यस्तै, आर्थिक वर्ष २०७३÷७४ मा आठ जबर्जस्ती करणी तथा तीन जबर्जस्ती करणीका गरी जम्मा ११ वटा घटना दर्ता भएका छन् । विसं २०७४ फागुन २९ गते ६ वर्षीया बालिका जबर्जस्ती करणी गरेको अभियोगमा ११ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले नियन्त्रणमा लिएको थियो ।
सदरमुकामकै एक निजी विद्यालयमा एलकेजीमा अध्ययनरत बालिकालाई सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालकले जबर्जस्ती करणी गरेको अभियोगमा पीडितका आफन्तले प्रहरीमा उजुरी गरेका थिए । विद्यालयबाट फर्किएर साँझको समयमा घरबाहिर खेलिरहेकी बालिकालाई अँध्यारो हुने बेला ती बालकले ललाइफकाई जबर्जस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
बालिकाका अभिभावकका अनुसार असह्य पीडा भएपछि बालिकाले घरमा गई आफ्नी हजुरआमासँग घटनाका बारेमा जानकारी गराएकी थिइन् । पीडित बालिकाकी हजुरआमाले यस विषयमा तत्काल प्रहरीमा गजुरी गरेसँगै जिल्ला प्रहरी कार्यालय रोल्पाको एक टोली घटनास्थल पुगी अनुसन्धान शुरु गरेको थियो र त्यहीँबाट अभियुक्त बालकलाई आफ्नो नियन्त्रणमा लिएको थियो । जिल्ला अदालत रोल्पाको २०७४ साल चैत १२ गतेको आदेशअनुसार ११ वर्षीय नाबालक भएको हुँदा धरौटी राख्न लगाई बालकलाई आमाको जिम्मा लगाइएको छ ।
यस्तै, २०७४ साल साउन २६ गते राति द्विखोली गाउँपालिकामा ७६ वर्षीय वृद्धबाट ३३ वर्षीया युवती आफ्नो घरमै बलात्कारको शिकार बनेको पीडितका अभिभावकबाट प्रहरीमा उजुरी प¥यो । बोल्न नसक्ने भएका कारण उनले ती वृद्धसँग प्रतिकार गर्न नसकेको पीडितका अभिभावकले बताएका छन् । घटना घटेको भोलिपल्टै इलाका प्रहरी कार्यालय रोल्पाले पक्राउ गरी अनुसन्धानका लागि ती वृद्धलाई आफ्नो नियन्त्रणमा लियो । यसरी प्रहरी नियन्त्रणमा रहेका अभियुक्तलाई जिल्ला अदालत रोल्पाको आदेशअनुसार २०७४ साल भदौ १९ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएको छ ।
यसरी अभिभावक सरहका मानिसबाट पशुवत् रुपमा जघन्य प्रकृतिका घटना हुनु दुःखद पक्ष रहेको महिला मानव अधिकारकर्मीहरुको भनाइ छ । स्थानीयवासी हुकुमा सुवेदीका अनुसार यसरी दिनदाहाडै घर, आँगन, पँधेरा, विद्यालय, बाटोघाटो जहाँसुकै छोरीचेली बलात्कारको शिकार बन्दै आएको हुँदा पनि कतिपय अभिभावकले छोरीभन्दा छोरालाई प्राथमिकतामा राखेको हुनसक्छ । सम्पूर्ण परिवारमा छोरी, चेली वा श्रीमतीलाई सम्मान गर्ने वातावरण तयार भएपछि मात्र यस किसिमका घटनामा कमी आउन सक्ने उनको धारणा छ ।
प्रनाउ फुयाँलका अनुसार घटनाबारेको सूचना ढिलो गरी प्राप्त हुँदा प्रमाण संकलनमा समस्या हुने, भौगोलिक विकटताको कारण घटनास्थलमा पुग्न ढिलाइ हुने मात्र हैन पुनःस्थापना केन्द्र नहुनु, मानसिक विक्षिप्तता भएका पीडितको हेरचाह र उपचारको प्रभावकारी व्यवस्था नहुनु, पीडित अदालतमा आक्रामक रुपमा प्रस्तुत हुने, कतिपय उपस्थित नै नहुने प्रवृत्ति र अभियुक्त स्वयंले सही परिचय नदिनाले पहिचान र पक्राउमा समस्या हुने गरेको छ भने कतिपय घटनामा पीडितबाट सबै विवरण खुल्न नसक्ने अवस्था पनि देखिएको छ । अभियुक्त पत्ता नलागेसम्म पीडितलाई क्षतिपूर्तिको व्यवस्था नहुँदा राज्य जिम्मेवार हुनुपर्ने र सबै पीडितले पीडक चिन्न नसक्ने, साक्षीहरु विश्वसनीय नहुने र कतिपय अदालतमा आक्रामक बन्ने जस्ता समस्याहरु देखिएको उहाँको भनाइ छ
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












