त्रिपुरेश्वरमा सार्क हस्तकला केन्द्र निर्माण हुने
काठमाडौँ २, साउन । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकको हस्तकलाको प्रवद्र्धन एवं विकासका लागि सार्क हस्तकला विकास केन्द्र निर्माण हुने भएको छ ।
उद्योग परिसर त्रिपुरेश्वरमा नेपाल सरकारको रु २७ करोड लगानीमा बन्न लागेको केन्द्रको आगामी साउन ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपालको हस्तकलालाई सार्क क्षेत्रसम्म विकास गर्नका लागि सार्क हस्तकला केन्द्र स्थापना गर्न लागेको जानकारी दिए । तीन वर्षमा निर्माण सम्पन्न हुने केन्द्र पाँचतले हुनेछ ।
दुई आर्थिक वर्षसम्म रकम विनियोजन भए पनि निर्माण कार्य अगाडि नबढेको केन्द्र निर्माणका लागि चालु आर्थिक वर्षमा सरकारले रु पाँच करोड विनियोजन गरेको छ ।
नयाँ बन्न लागेको हस्तकला केन्द्रमा हस्तकला परीक्षण प्रयोगशाला, हस्तकला प्रदर्शन कक्ष, हस्तकला डिजाइन सेन्टर र तालीम केन्द्र रहनेछ ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












