बुढाथोकी दाजुभाईले अशोक दर्जीको माैलिक हक छिने, टंकका दाई टिकाको कुटिल चाल (भिडियोसहित)
काठमाडाैं ६, साउन । अहिले सामाजिक संजालदेखि सडक र सडकदेखि चुल्होसम्म केहि चर्चा र विवादको विषय छ भने, त्यो हो आशोक दर्जी र संगितकार तथा गायक टंक बुढाथोकीबीचको सम्बन्ध ।
अहिले टंक बुढाथोकी अशोक दर्जीको कला र क्षमताको एक्लो रजाइकर्ता हुन्, जसले आगामी पाँच वर्षकालागि ती अबोध बालकका बुवासंग सम्झाैता नामको कागजी कुराको चाँजोपाँजो मिलाएर एकाधिकार जमाउन सफल भएका छन् ।
यतिबेला अशोक दर्जीका बुवाआमा हुन् या टंक बुढाथोकी उनको अनुहार देखाएर छोटो समयमा मनग्य पैसा कमाउन तिर लम्किएका छन् । यति भन्दै गर्दा लाग्न सक्छ की बाटोमा हिड्ने मानिसलाई टंकले गायक बनाए ! हो टंक तिनै व्यक्ति हुन्, जसले दर्जीलाई गायक बनाए र उनको भविष्यमा केहि अन्तरंग पाइलाहरुलाई चलाएमान बनाए तर, उनी (टंक) यतीमा मात्रै सिमित हुने खालका मानिस होइन रहेछन् ।
यसको पुष्ठि गर्नलाई उनका दाई टिका बुढाथोकी (जो टंक बुढाथोकीको दाजु भएको भन्छन्) केहि दिन पहिले एउटा अन्तरवार्ता बाहिरियो जसमा उनी यतिसम्म सफल भए की टंकलाई विरोध गर्नेहरु पापी हुन्, उनीहरुलाई यो जन्ममा पाप नलागेपनि अर्को जन्ममा पाप पक्कै लाग्नेछ । विरोधका लागि विरोध गरिएको र मिडिया काम नलाग्ने स्थितिमा पुगेको भन्न समेत भ्याए ।
यी यस्तै कुराहरुले युट्युबमा होहल्ला फैलाएपनि उक्त हल्लाले लामो समयसम्म मानिसलाई अड्याउन सकेन, जसका कारण यो विषय पुन: छताछुल्ल भयो तर अहिले उनको नियतिका साथ ।
टिका बुढाथोकी र दिपक न्याैपाने (अशोक अध्ययनरत विद्यालयका प्रिन्सिपल) बीच फोन सम्वाद भएको अडियो क्लिप बाहिरिएपछी भने आम मानिसमा संसय पैदा भएको छ ।
हालै बाहिरिएको टेलिफोन वार्ताको रेकर्डमा उनी कुन नियतले अशोक दर्जीलाई काखी च्यापिरहेका छन् भन्ने कुरा छताछुल्ल भयो । मह काढ्नेले हात चाट्छ भन्ने आशयका साथ उत्रेका उनी दिपक न्यौपाने लाई घरी सामान्य भाषामा त घरी धम्क्याउने भाषामा घुमाइफिराई आफ्नो चंगुलमा पार्ने कोसिस गरेको प्रष्ठै देखिन्छ ।
उनले प्रयोग गर्ने भाषा शैली र त्यसमा ल्याउने उतार-चढाव सुन्दा उनी निकै माहिर खेलाडी झै लाग्छन् । टिकाले भनेका छन्, ‘हामी प्लान गर्दै, स्क्रिप्ट गरेर खेम खेल्दै अगाडि जानुपर्छ ।’
यसअधि युट्युबरसंगको कुराकानीमा उनले भनेका कुराहरु सबै प्लानमा आएको र वास्तविकता र नियति भने फरक रहेको बुझ्न यो अडियो क्लिप सुन्ने जो कसैलाई आइतबार कुर्नु पर्दैन् ।
यस्तै, केहि वर्ष पहिले धादिङका राजमार्गमा गीत गाउँदै हिड्ने तत्कालिन बाल गायक प्रेम परियार पनि यसरी नै एकाएक हिट भएका थिए । उनले आफ्नो पढाई र सांगितिक यात्रालाई संगै लिएर हिडे र उनलाई आश्रय दिन चाहने र दिनेहरुलाई कुनै किसिमको लान्छाना लागेन पनि !कारण के थियो भने दर्जीलाई जसरी उनीमाथि कसैले एकाधिकार जमाउन पनि खोजेन या उनको कलालाई थप निखार्न मानिस कमाउ धन्दा भन्दापनि उनको भविष्य, पढाइ लगायतका कुराहरुमा चिन्तित भए, त्यो दुनियाँले बुझेको कुरा हो ।
टिका बुढाथोकी र दिपक न्याैपानेबीचको फोन सम्वादले उनीहरु अशोकलाई प्रयोग गरेर कसरी हुन्छ धेरै पैसा कमाउने ध्यानमा रहेको प्रष्ट हुन्छ । अशोक दर्जीलाई माध्याम बनाएर आफुहरु त्यसबाट कसरी लाभान्वित हुने भन्ने कुरा उनको अर्को डायलगबाट प्रष्ट हुन्छ । उनी भन्छन्, ‘अशोकको यूरोप टुर नमिलेमा के को अशोक दर्जी भन्दै च्यापेर बस्ने ? हामीलाई के बेनिफिट हुन्छ ?’
नेपालको संविधान मै स्पष्ठ रुपमा नागरिकको शिक्षा सम्बन्धि हक अन्तरगत संविधानको धारा ३१ मा ‘प्रत्येक नागरिकलाई राज्याबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क तथा माध्यामिक तहसम्मको शिक्षा नि:शुल्क पाउने हक हुनेछ’ भनेर व्यवस्था गरिएको छ । यस्तो व्यवस्था भएपनि यतिबेला अशोक दर्जी भने काठमाडाैंमा बसिरहेका छन् । परिक्षा दिनबाट बन्चित भएरै छाडे ।

अहिले यूकेजीमा अध्ययनरत अशोकको परिक्षा चलिरहँदा टंकले उनलाई काठमाडौ ल्याए र उनको अमेरिका युरोप टुरको विषयलाई खरो ढंगले हेरे। युट्युबमै सार्वजनिक एउटा भिडियोमा चितवनका एक युवाले टंकलाई शोधेका छन् अशोकको परिक्षाको बारेमा । उक्त कुराकानीमा टंकले उनको शैक्षिक योग्यता र अमेरिका युरोप पुगे नपुगेको सोधेका छन् । यतिमा मात्रै टंकको झोक नमरेपछि दर्जीका बुवालाई समेत फोन दिएर थर्काउन लगाएपछि ती युवा बुवाले नै भनेपछित हामि के गर्नु भन्दै विदा भएका छन् । तर, नेपालको संविधानको धारा ३१ ले नागरिकको शिक्षा सम्बन्धि हकको व्यवस्था गर्दै भनेको कुरा न उनका बुवालाई हेक्का छ न टंकलाई नै ।
कानुन यस्तो कुरा हो जो कुरा मैले थाहा पाएको थिइन भनेर क्षम्य हुदैन । भलै दर्जीका बुवालाई थाहा नहोला रे तर नेपालको गीत संगित क्षेत्रका एक सफल गायकले त जानेका होलान नि ! नभए अशोकलाई सम्झाैता नामको कागज बनाएर कब्जा गर्न सक्ने उनले वालअधिकार र नागरिकको शिक्षा सम्बन्धि हकका बारेमा त राम्रै बुजेको हुन पर्छ ।

टंकका दाजु टिका र अशोक दर्जीबीचको कुरा मात्रै नबई यो एक नेपालीको कुरा भएकाले अन्धभक्तभएर बोल्नु भन्दा कुरोको चुरोमा पुगेर व्यवस्थित एंव सभ्य समाजको निर्माण पो गर्ने की ?
दर्जी जस्तै अन्य कयाै बालक स्किल जानबाट बन्चित भएका छन् ती बालकको सवाललाई पनि सम्बोधन गर्ने की ? यी कुरा सरकार, जिम्मेवार नागरिक तथा पाठक, दर्शक लगायत सवैले बुझ्न जरुरि छ ।
सम्बन्धित समाचार:
गायक तथा संगितकार टंक बुढाथोकी अशोक दर्जीका सांगितिक अभिभावक या मालिक ?
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












