सुशासन समितिमा गृहमन्त्रीको जवाफ– निर्मला पन्त हत्याको आरोपी कानुनको दायरामा छिट्टै आउछ
काठमाडौं १०,असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कार र हत्यामा संलग्न दोषी छिट्टै पक्राउ पर्ने दाबी गरेका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री थापाले घटनाबारे अझैं अनुसन्धान भइरहेको बताए ।
‘निर्मला हत्या र बलात्कारको घटनामा हिजोमात्रै उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाएको छ । दोषीलाई छिट्टै कानुनी दायरमा ल्याउँदै छौं । यसबारे अझैं अनुसन्धान भइरहेको छ’, गृहमन्त्रीले भने ।
निर्मला पन्त प्रकरणसहित अन्य यौन हिंसा, हत्या लगायतका घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही गरिने बताउँदै थापाले रौतहत र नवलपरासीमा महिलामाथि एसिड आक्रामण गर्नेलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिए ।
निर्मला हत्याको २ दिनपछि नै सीआईबीलाई अनुसन्धानको लागि त्यसतर्फ पठाइएकोमा सुरक्षाकर्मीकै गल्तीका कारण छानबिनमा ढिलाइ हुन पुगेको उनले स्वीकारे । उनले गल्ती गर्ने तत्कालिन प्रहरी प्रमुखसहितका अधिकारीहरुलाई निलम्बन गरेर छानबिन टोली पठाएको पनि समितिमा जवाफ दिए ।
उनले सरकार गठनपछि मात्र यस्ता खालका घटना नघटेको दाबी गर्दै अहिले जनतामा आएको चेतानाका कारण यस्ता खालका घटना बढी मात्रामा सतहमा आएको बताए ।
‘सामाजिक, सांस्कृतिक चेतनाका कारण पनि यस्ता घटना घटेका छन् । हाम्रो पितृ सत्तात्मक पुँजीवादी सोचले यस्ता घटना घटेका छन्’ गृहमन्त्रीले भने, ‘पुँजीवादी समाजले महिलालाई भाग विलासको साधन मान्छ । यौन तृप्त गर्नका लागि यहाँबाट महिलाहरु विक्री भइरहेका छन् । नेपालमा मात्रै होइन विशवमा नै यसको समस्या छ ।’
उनले सबैभन्दा लोकतान्त्रिक भन्ने अमेरिकामा पनि बलात्कार र हत्याका घटनाहरु बाहिर आइरहेको बताउँदै सूचना प्रविधिमा आएको विकास र अत्याधिक मदिरा सेवन जस्ता कारणले पनि यस्ता घटना बढिरहेको बताए ।
उनले भने, ‘मामाले भान्जी, तातीले हजुरआमालाई बलात्कार गरेको घटना आइरहेको छ । यसको कारण अनियन्त्रित मदिरा विक्रि र सेवन हो । अर्को कारण इन्टरनेटमा विकृति फैलाउने सामग्री छन् । यसको प्रयोगले पनि यस्तो घटना बढेका छन् ।
पुँजीवादी र सामन्ती चिन्तनका कारण पनि यस्ता घटनालाई जन्माइरहेको उनको भनाई थियो ।
यस्ता खालका घटना रोक्नका लागि कठोर कानून बनाउन आवश्यक रहेकोमा जोड दिँदै गृहमन्त्रीले प्रगतिशील पुँजीवादी समाज बनाउन पनि जरुरी रहेको बताए ।
यस्ता घटना रोक्नका लागि सामाजिक रुपमा कदम चाल्न आवश्यक रहेको बताउँदै थापाले यसको कार्यान्वयन अनुरुप मदिरा नियन्त्रण अभियान सुरु भइरहेको पनि जानकारी दिए ।
बैठकमा समितिका सदस्यहरुले निर्मला पन्तको हत्याका आरोपी घटनाको २ महिनासम्म पनि पक्राउ पर्न नसकेको भन्दै गृहमन्त्रीसँग जवाफ मागेका थिए । यस्तै महिला हिंसा र हत्याका घटना बढ्दै गएको प्रति पनि गृहमन्त्रीसँग जवाफ माग गरेका थिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












