सुशासन समितिमा गृहमन्त्रीको जवाफ– निर्मला पन्त हत्याको आरोपी कानुनको दायरामा छिट्टै आउछ
काठमाडौं १०,असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कार र हत्यामा संलग्न दोषी छिट्टै पक्राउ पर्ने दाबी गरेका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री थापाले घटनाबारे अझैं अनुसन्धान भइरहेको बताए ।
‘निर्मला हत्या र बलात्कारको घटनामा हिजोमात्रै उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाएको छ । दोषीलाई छिट्टै कानुनी दायरमा ल्याउँदै छौं । यसबारे अझैं अनुसन्धान भइरहेको छ’, गृहमन्त्रीले भने ।
निर्मला पन्त प्रकरणसहित अन्य यौन हिंसा, हत्या लगायतका घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही गरिने बताउँदै थापाले रौतहत र नवलपरासीमा महिलामाथि एसिड आक्रामण गर्नेलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिए ।
निर्मला हत्याको २ दिनपछि नै सीआईबीलाई अनुसन्धानको लागि त्यसतर्फ पठाइएकोमा सुरक्षाकर्मीकै गल्तीका कारण छानबिनमा ढिलाइ हुन पुगेको उनले स्वीकारे । उनले गल्ती गर्ने तत्कालिन प्रहरी प्रमुखसहितका अधिकारीहरुलाई निलम्बन गरेर छानबिन टोली पठाएको पनि समितिमा जवाफ दिए ।
उनले सरकार गठनपछि मात्र यस्ता खालका घटना नघटेको दाबी गर्दै अहिले जनतामा आएको चेतानाका कारण यस्ता खालका घटना बढी मात्रामा सतहमा आएको बताए ।
‘सामाजिक, सांस्कृतिक चेतनाका कारण पनि यस्ता घटना घटेका छन् । हाम्रो पितृ सत्तात्मक पुँजीवादी सोचले यस्ता घटना घटेका छन्’ गृहमन्त्रीले भने, ‘पुँजीवादी समाजले महिलालाई भाग विलासको साधन मान्छ । यौन तृप्त गर्नका लागि यहाँबाट महिलाहरु विक्री भइरहेका छन् । नेपालमा मात्रै होइन विशवमा नै यसको समस्या छ ।’
उनले सबैभन्दा लोकतान्त्रिक भन्ने अमेरिकामा पनि बलात्कार र हत्याका घटनाहरु बाहिर आइरहेको बताउँदै सूचना प्रविधिमा आएको विकास र अत्याधिक मदिरा सेवन जस्ता कारणले पनि यस्ता घटना बढिरहेको बताए ।
उनले भने, ‘मामाले भान्जी, तातीले हजुरआमालाई बलात्कार गरेको घटना आइरहेको छ । यसको कारण अनियन्त्रित मदिरा विक्रि र सेवन हो । अर्को कारण इन्टरनेटमा विकृति फैलाउने सामग्री छन् । यसको प्रयोगले पनि यस्तो घटना बढेका छन् ।
पुँजीवादी र सामन्ती चिन्तनका कारण पनि यस्ता घटनालाई जन्माइरहेको उनको भनाई थियो ।
यस्ता खालका घटना रोक्नका लागि कठोर कानून बनाउन आवश्यक रहेकोमा जोड दिँदै गृहमन्त्रीले प्रगतिशील पुँजीवादी समाज बनाउन पनि जरुरी रहेको बताए ।
यस्ता घटना रोक्नका लागि सामाजिक रुपमा कदम चाल्न आवश्यक रहेको बताउँदै थापाले यसको कार्यान्वयन अनुरुप मदिरा नियन्त्रण अभियान सुरु भइरहेको पनि जानकारी दिए ।
बैठकमा समितिका सदस्यहरुले निर्मला पन्तको हत्याका आरोपी घटनाको २ महिनासम्म पनि पक्राउ पर्न नसकेको भन्दै गृहमन्त्रीसँग जवाफ मागेका थिए । यस्तै महिला हिंसा र हत्याका घटना बढ्दै गएको प्रति पनि गृहमन्त्रीसँग जवाफ माग गरेका थिए ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











