बालवालिकाहरु संलग्न अपराध हेर्न अब, छुट्टै ‘बाल अदालत’
काठमाडाैँ ११,असोज । १८ वर्ष भन्दा कम उमेरका वालवालिका संलग्न रहेको अपराध हेर्न छुट्टै अदालत गठन गर्नुपर्ने भएको छ । संघीय संसदमा प्रस्तुत वालवालिका सम्वन्धि कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक २०७५मा १८ वर्ष भन्दा मुनीका वालवालिका जुनसुकै अपराधमा संलग्न भएपनि त्यसको न्यायिक निरुपण गर्न ‘वाल अदालत’बाट गर्नुपर्ने उल्लेख गरिएको छ ।
बाल अदालत अन्तर्गत जिल्ला न्यायीश अध्यक्ष तथा समाजसेवी र वालमनोविज्ञ वा वालविशेषज्ञ सदस्य रहने व्यवस्था गरिएको छ ।
संघीय संसदमा प्रस्तुत प्रस्तावित ‘वालवालिका सम्वन्धि ऐन २०७५’ अनुसार वाल अदालतबाटै यसको न्याय निरुपण गर्नुपर्ने प्रावधान राखिएको छ । उक्त विधेयक राष्ट्रिय सभाबाट पारित भइकेको छ । प्रतिनिधि सभाबाट पनि यो अनुमोदन भएर राष्ट्रपतिले प्रमाणीत गरेपछि वाल अदालत र वालवालिका सम्वन्धि अपराधको छुट्टै कानुन कार्यान्वयनमा आउँने छ प्रतिनिधि सभामा विचाराधिन उक्त विधेयकको दफा ३० मा ‘वालवालिकाले गरेको कसूरजन्य कार्यको सुरु कारबाही, सुनुवाई र किनारा गर्न नेपाल सरकारले न्याय परिषदको सिफारिसमा वाल अदालत गठन गर्न सक्ने छ । वाल अदालत गठन भएपछि यसअघि विभिन्न अदालतमा विचाराधीन वालवालिका संलग्न अपराधका मुद्धा स्वतः वाल अदालतमा स्थानान्तरण हुनेछ ।
नेपाल प्रहरीका अनुसार वालवालिकालाई खासगरी संगठीत, सामाजिक र आर्थिक अपराधमा संलग्न गिरोहले आर्थिक प्रलोभन देखाएर दुरुपयोग गर्दै आएको छ । उपत्यकामा पकेटमारी, चोरी, डकैती, लगायतक अपराधाम पनि वालवालिका प्रयोग हुने गरेका छन् । यस बाहेक अविभावककै मिलेमतोमा वालविवाह पनि बढ्दो क्रममा छ । २० वर्ष मुनीका किशोरकिशोरीबीच विवाह गर्न कानुनले नै प्रतिवन्ध लगाइसकेको छ ।
त्यसैगरी अनुसन्धानको जिम्मा पाएको प्रहरीले अपराधमा संलग्न वालवालिका राख्न छुट्टै हिरासत कक्षको समेत व्यवस्था गर्नुपर्ने छ । सरकारले समेत विभिन्न कसूरमा संलग्न वालवालिका राख्नलाई छुट्टै थुनुवा कक्षको स्थापना गर्नसक्ने उल्लेख छ । यो व्यवस्था ऐनका रुपमा लागू भएपछि कुनै पनि प्रहरी कार्यालयमा अन्य आरोपित व्यक्तिसँगै वालवालिकालाई एउटै थुनुवा कक्षमा राख्न पाइने छैन । १८ वर्ष उमेर नपुगेका वालवालिकालाई मुद्दाको पुर्पक्षका क्रममा थुनामा राख्न तथा कुनैपनि जमानत÷धरौटी समेत नमागिने उल्लेख छ ।
त्यस्तै कुनै अपराधमा १० वर्ष मुनीका वालवालिका संलग्न भए कुनैपनि मुद्दा नचलाईने तथा कुनै किसिमको सजायँ समेत नहुने उल्लेख छ । यस्तै १० देखि १४ वर्षका वालवालिका अपराधमा जरिवाना हुनेगरी दोषी ठहरिए सम्झाई बुझाई अविभावकको जिम्मा लगाइने र कैद हुने कसूरमा दोषी ठहरिए ६ महिना कैद सजायँ वा १ वर्षसम्म वालगृहमा राख्नेगरी फैसला हुनसक्छ ।
त्यस्तै १४ देखि १६ वर्ष उमेरका वालवालिकालाई उमेर पुगेको व्यत्तिःले पाउँने सजायँको आधा र १६ देखि १८ वर्ष सम्मका वालवालिका दोषी ठहर भए उमेर पुगेका व्यक्तिलाई हुने सजायाँको २ तिहाई हुने छ । यसैगरी १८ वर्ष उमेरभित्र वालवालिकाले गरेको अपराधका आधारमा कसूरजन्य कार्य गरेको कारणबाट कुनै पद वा सुविधा प्राप्त गर्नबाट वञ्चित गर्न पाइने छैन । वाल अपराधमा दोषी ठहर व्यक्ति १८ वर्षपुगेपछि उसलाई दोषीका रुपमा समेत हेर्न नपाइने व्यवस्था राखिएको छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











