बालवालिकाहरु संलग्न अपराध हेर्न अब, छुट्टै ‘बाल अदालत’
काठमाडाैँ ११,असोज । १८ वर्ष भन्दा कम उमेरका वालवालिका संलग्न रहेको अपराध हेर्न छुट्टै अदालत गठन गर्नुपर्ने भएको छ । संघीय संसदमा प्रस्तुत वालवालिका सम्वन्धि कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक २०७५मा १८ वर्ष भन्दा मुनीका वालवालिका जुनसुकै अपराधमा संलग्न भएपनि त्यसको न्यायिक निरुपण गर्न ‘वाल अदालत’बाट गर्नुपर्ने उल्लेख गरिएको छ ।
बाल अदालत अन्तर्गत जिल्ला न्यायीश अध्यक्ष तथा समाजसेवी र वालमनोविज्ञ वा वालविशेषज्ञ सदस्य रहने व्यवस्था गरिएको छ ।
संघीय संसदमा प्रस्तुत प्रस्तावित ‘वालवालिका सम्वन्धि ऐन २०७५’ अनुसार वाल अदालतबाटै यसको न्याय निरुपण गर्नुपर्ने प्रावधान राखिएको छ । उक्त विधेयक राष्ट्रिय सभाबाट पारित भइकेको छ । प्रतिनिधि सभाबाट पनि यो अनुमोदन भएर राष्ट्रपतिले प्रमाणीत गरेपछि वाल अदालत र वालवालिका सम्वन्धि अपराधको छुट्टै कानुन कार्यान्वयनमा आउँने छ प्रतिनिधि सभामा विचाराधिन उक्त विधेयकको दफा ३० मा ‘वालवालिकाले गरेको कसूरजन्य कार्यको सुरु कारबाही, सुनुवाई र किनारा गर्न नेपाल सरकारले न्याय परिषदको सिफारिसमा वाल अदालत गठन गर्न सक्ने छ । वाल अदालत गठन भएपछि यसअघि विभिन्न अदालतमा विचाराधीन वालवालिका संलग्न अपराधका मुद्धा स्वतः वाल अदालतमा स्थानान्तरण हुनेछ ।
नेपाल प्रहरीका अनुसार वालवालिकालाई खासगरी संगठीत, सामाजिक र आर्थिक अपराधमा संलग्न गिरोहले आर्थिक प्रलोभन देखाएर दुरुपयोग गर्दै आएको छ । उपत्यकामा पकेटमारी, चोरी, डकैती, लगायतक अपराधाम पनि वालवालिका प्रयोग हुने गरेका छन् । यस बाहेक अविभावककै मिलेमतोमा वालविवाह पनि बढ्दो क्रममा छ । २० वर्ष मुनीका किशोरकिशोरीबीच विवाह गर्न कानुनले नै प्रतिवन्ध लगाइसकेको छ ।
त्यसैगरी अनुसन्धानको जिम्मा पाएको प्रहरीले अपराधमा संलग्न वालवालिका राख्न छुट्टै हिरासत कक्षको समेत व्यवस्था गर्नुपर्ने छ । सरकारले समेत विभिन्न कसूरमा संलग्न वालवालिका राख्नलाई छुट्टै थुनुवा कक्षको स्थापना गर्नसक्ने उल्लेख छ । यो व्यवस्था ऐनका रुपमा लागू भएपछि कुनै पनि प्रहरी कार्यालयमा अन्य आरोपित व्यक्तिसँगै वालवालिकालाई एउटै थुनुवा कक्षमा राख्न पाइने छैन । १८ वर्ष उमेर नपुगेका वालवालिकालाई मुद्दाको पुर्पक्षका क्रममा थुनामा राख्न तथा कुनैपनि जमानत÷धरौटी समेत नमागिने उल्लेख छ ।
त्यस्तै कुनै अपराधमा १० वर्ष मुनीका वालवालिका संलग्न भए कुनैपनि मुद्दा नचलाईने तथा कुनै किसिमको सजायँ समेत नहुने उल्लेख छ । यस्तै १० देखि १४ वर्षका वालवालिका अपराधमा जरिवाना हुनेगरी दोषी ठहरिए सम्झाई बुझाई अविभावकको जिम्मा लगाइने र कैद हुने कसूरमा दोषी ठहरिए ६ महिना कैद सजायँ वा १ वर्षसम्म वालगृहमा राख्नेगरी फैसला हुनसक्छ ।
त्यस्तै १४ देखि १६ वर्ष उमेरका वालवालिकालाई उमेर पुगेको व्यत्तिःले पाउँने सजायँको आधा र १६ देखि १८ वर्ष सम्मका वालवालिका दोषी ठहर भए उमेर पुगेका व्यक्तिलाई हुने सजायाँको २ तिहाई हुने छ । यसैगरी १८ वर्ष उमेरभित्र वालवालिकाले गरेको अपराधका आधारमा कसूरजन्य कार्य गरेको कारणबाट कुनै पद वा सुविधा प्राप्त गर्नबाट वञ्चित गर्न पाइने छैन । वाल अपराधमा दोषी ठहर व्यक्ति १८ वर्षपुगेपछि उसलाई दोषीका रुपमा समेत हेर्न नपाइने व्यवस्था राखिएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












