फुटबलर रोनाल्डोमाथि बलात्कारको आरोप :मोटो रकम तिरेर मिलापत्र गरेको खुलासा
एजेन्सी– लास भेगास प्रहरीले एक अमेरिकी शिक्षिकाले रोनाल्डोमाथि लगाएको बलात्कारको मुद्धामा अनुसन्धान सुरु गरेको छ । लास भेगास निवासी पूर्व मोडल र हाल शिक्षिका क्याथरिन मयोर्गले जर्मन पत्रिका डेर स्पीईगेलसँगको अन्तर्वातामा यो कुरा खुलासा गरेकी हुन् ।
क्याथरिनका अनुसार यो घटना सन् २००९ जुनको एक रातको हो । उक्त रात उनीहरु दुई आ–आफ्नो साथीहरुसँग लास भेगासको पाल्म क्यासिनो रिजोर्ट गएका थिए । सोही क्लबमा उनीहरुको पहिलो भेट र परिचय भएको थियो ।
क्याथरिनका अनुसार दुई बीच राम्रो बोलिचाली भएपछि रोनाल्डोले उनलाई हट–टबमा बाँकी समूहसँग सामेल हुन आमन्त्रण दिएका थिए । र त्यसपछि उनी कपडा बदल्न बाथरुम गएको बेला रोनाल्डो सर्बाङ भएर उनी भए ठाउँमा आएको बताएकी छन् ।
‘त्यसपछि रोनाल्डोले मलाई आफ्नो लिङ्ग छुन भने,’ डेर स्पिईगेलसँग कुराकानीमा उनले भनिन्– ‘जब मैले त्यसलाई छुइन उनले झन् मलाई चुस्न पो भने ।’ उनले त्यसपछि चुम्बन गर्न भनेको र लगतै खाटमा तानेर बलात्कार गरेको क्याथरिनले आरोप लगाइन् ।
‘खाटमा तानेपछि पनि म उनीबाट उम्कन खोजें । उनले भने मेरो भित्री पहिरन खोल्न खोजे । म उनीबाट टाढा भएर डल्लो परेर बसें । म आफ्नो यौनाङ्ग छोपिरहेको थिएँ । त्यही बखत उनले मलाई झम्टिए,’ उनले थपिन् ।
रोनाल्डोको वकिल क्रिस्टियानो स्कहटर्जले क्याथरिनको आरोपलाई अस्वीकार गर्दै अन्तरवार्ता लिने डेर स्पीगेललाई मुद्धा हाल्ने चेतावनी दिएका छन् । यसबारे रोयर्टसलाई दिएको एक वक्तव्यमा स्कहर्टजले भनेका छन्–‘पत्रिकाले अत्यन्त गैरकानुनी कुरा प्रकाशित गरेको छ । यो व्यक्तिगत क्षेत्रमा शंकाको आधारमा गरिएको अस्वकार्य रिपोटिङ हो ।’
अन्तरवार्ता प्रकाशित गरेको जर्मन पत्रिकाले एक वर्षअघि एक अज्ञात युवतीले रोनाल्डोलाई बलात्कारको आरोप लगाएको र रोनाल्डोले कुरा बाहिर नल्याउन ३,७५,००० अमेरिकी डलर तिरेको समचार छापेको थियो । हाल आएर पत्रिकाले उक्त आरोप प्रमाणित गर्नको लागि क्याथरिनको परिचय सार्वजनिक गरेको हो ।
क्याथरिनले अहिले आफूले ९ वर्ष अघि घटनालाई बाहिर नल्याउन सम्झौता गरेकोमा पछुतो लागेको बताइन् । क्याथरिनकी वकिल लेस्ली स्टोभलले क्याथरिनको तर्फबाट आफूले रोनाल्डोसँगको गरेको सम्झौता अन्त्य गर्नको लागि मुद्धा हालेको बताए ।
स्टोभलले सन् २०१० मा मिलापत्र गर्दा भरिएको फर्ममा रोनाल्डोले आफूले जबरजस्ती यौन सम्पर्क गरेको कुरा स्वीकारेको बताए । क्याथरिनले डेर स्पिगेललाई दिएको अन्तरवार्तामा आफू उक्त घटनाको अर्को दिन अस्पताल गएको र प्रहरीलाई रिपोर्ट गरेको तर उनको त्यो बेलाको वकिलले मुद्धालाई सल्टाउन सुझाव दिएको बताईन् ।
यो समाचार प्रकाशित भएपछि क्याथरिन भूमिगत भएकी छिन् । अहिले अएर ट्रोलले उनको जाली समाजिक सञ्जालको एकाउण्ट बनाउन शुरु गरेको छ । साथमा रोनाल्डोका फ्यानहरु रोनाल्डोको प्रतिरक्षामा उत्रेका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












