फुटबलर रोनाल्डोमाथि बलात्कारको आरोप :मोटो रकम तिरेर मिलापत्र गरेको खुलासा
एजेन्सी– लास भेगास प्रहरीले एक अमेरिकी शिक्षिकाले रोनाल्डोमाथि लगाएको बलात्कारको मुद्धामा अनुसन्धान सुरु गरेको छ । लास भेगास निवासी पूर्व मोडल र हाल शिक्षिका क्याथरिन मयोर्गले जर्मन पत्रिका डेर स्पीईगेलसँगको अन्तर्वातामा यो कुरा खुलासा गरेकी हुन् ।
क्याथरिनका अनुसार यो घटना सन् २००९ जुनको एक रातको हो । उक्त रात उनीहरु दुई आ–आफ्नो साथीहरुसँग लास भेगासको पाल्म क्यासिनो रिजोर्ट गएका थिए । सोही क्लबमा उनीहरुको पहिलो भेट र परिचय भएको थियो ।
क्याथरिनका अनुसार दुई बीच राम्रो बोलिचाली भएपछि रोनाल्डोले उनलाई हट–टबमा बाँकी समूहसँग सामेल हुन आमन्त्रण दिएका थिए । र त्यसपछि उनी कपडा बदल्न बाथरुम गएको बेला रोनाल्डो सर्बाङ भएर उनी भए ठाउँमा आएको बताएकी छन् ।
‘त्यसपछि रोनाल्डोले मलाई आफ्नो लिङ्ग छुन भने,’ डेर स्पिईगेलसँग कुराकानीमा उनले भनिन्– ‘जब मैले त्यसलाई छुइन उनले झन् मलाई चुस्न पो भने ।’ उनले त्यसपछि चुम्बन गर्न भनेको र लगतै खाटमा तानेर बलात्कार गरेको क्याथरिनले आरोप लगाइन् ।
‘खाटमा तानेपछि पनि म उनीबाट उम्कन खोजें । उनले भने मेरो भित्री पहिरन खोल्न खोजे । म उनीबाट टाढा भएर डल्लो परेर बसें । म आफ्नो यौनाङ्ग छोपिरहेको थिएँ । त्यही बखत उनले मलाई झम्टिए,’ उनले थपिन् ।
रोनाल्डोको वकिल क्रिस्टियानो स्कहटर्जले क्याथरिनको आरोपलाई अस्वीकार गर्दै अन्तरवार्ता लिने डेर स्पीगेललाई मुद्धा हाल्ने चेतावनी दिएका छन् । यसबारे रोयर्टसलाई दिएको एक वक्तव्यमा स्कहर्टजले भनेका छन्–‘पत्रिकाले अत्यन्त गैरकानुनी कुरा प्रकाशित गरेको छ । यो व्यक्तिगत क्षेत्रमा शंकाको आधारमा गरिएको अस्वकार्य रिपोटिङ हो ।’
अन्तरवार्ता प्रकाशित गरेको जर्मन पत्रिकाले एक वर्षअघि एक अज्ञात युवतीले रोनाल्डोलाई बलात्कारको आरोप लगाएको र रोनाल्डोले कुरा बाहिर नल्याउन ३,७५,००० अमेरिकी डलर तिरेको समचार छापेको थियो । हाल आएर पत्रिकाले उक्त आरोप प्रमाणित गर्नको लागि क्याथरिनको परिचय सार्वजनिक गरेको हो ।
क्याथरिनले अहिले आफूले ९ वर्ष अघि घटनालाई बाहिर नल्याउन सम्झौता गरेकोमा पछुतो लागेको बताइन् । क्याथरिनकी वकिल लेस्ली स्टोभलले क्याथरिनको तर्फबाट आफूले रोनाल्डोसँगको गरेको सम्झौता अन्त्य गर्नको लागि मुद्धा हालेको बताए ।
स्टोभलले सन् २०१० मा मिलापत्र गर्दा भरिएको फर्ममा रोनाल्डोले आफूले जबरजस्ती यौन सम्पर्क गरेको कुरा स्वीकारेको बताए । क्याथरिनले डेर स्पिगेललाई दिएको अन्तरवार्तामा आफू उक्त घटनाको अर्को दिन अस्पताल गएको र प्रहरीलाई रिपोर्ट गरेको तर उनको त्यो बेलाको वकिलले मुद्धालाई सल्टाउन सुझाव दिएको बताईन् ।
यो समाचार प्रकाशित भएपछि क्याथरिन भूमिगत भएकी छिन् । अहिले अएर ट्रोलले उनको जाली समाजिक सञ्जालको एकाउण्ट बनाउन शुरु गरेको छ । साथमा रोनाल्डोका फ्यानहरु रोनाल्डोको प्रतिरक्षामा उत्रेका छन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











