अनुसन्धान अझै अनुत्तरित, डीएनए परीक्षणको वैधानिकतामाथि किन उठ्दैछ प्रश्न ?
काठमाडाैँ १५,असोज । कञ्चनपुर भीमदत्तकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६६ दिन पुग्यो । राज्यको सबै संयन्त्र लाग्दा पनि उनको बलात्कार र हत्या कस्ले गर्यो भन्ने मुख्य प्रश्न अनुत्तरित छ ।
गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति नै गठन गर्यो । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट छुट्टै टोली पठायो । प्रहरी वरिष्ठ उपरीक्षक ठाकुर ज्ञवालीको टोली अहिले पनि कञ्चनपुरमा छानबिनमै छ । तर निर्मलाको बलात्कारपछि कस्ले हत्या गर्यो भन्ने सानो सुराक समेत सार्वजनिक गर्न प्रहरीले सकेको छैन ।
गृह प्रशासन र प्रहरीको सम्पूर्ण शक्ति परिचालन हुँदा पनि निर्मला हत्याका अभियुक्त पक्राउ नपर्दा सरकारको चौतर्फी आलोचना भइरहेको छ । आरोपी र शंका गरिएका प्रमुख एसपी डिल्लिराज विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षण गरियो र तर नतिजा नेगेटिभ आयो ।
सबैको प्रश्न एउटै छ– अनुसन्धान अब कता ? प्रहरी आरोपी छ । प्रहरीकै विधिविज्ञान प्रयोगशालामा डीएनए परीक्षण गरिँदा त्यसको वैधानिकतामाथि समेत प्रश्न उठेको छ ।
घटनास्थलमा प्रमाण सुरक्षित राख्न नसक्नु भनेकै गम्भीर लापरबाही हो । जानकारी हुनेबित्तिकै घटनास्थलमा प्रहरी नपुग्नु, निर्मलाका अभिभावकको चिन्तालाई सामान्य सोचेर एसपी विष्टले प्रहरी परिचालनमा रोक लगाउनु, घटनास्थलमा निर्मलाले लगाएको सुरुवाल धोइपखाल्न लगाउनु, निर्मलाका कपडा शवसँगै जलाउन दिनुले अनुसन्धानको सामान्य सिद्धान्तलाई प्रहरीले नियोजित रूपमै लापरबाही गरेको प्रष्ट्याउँछ ।
कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट र घटनास्थलमा खटिएका अन्य प्रहरीको लापरबाहीले गम्भीर आशंका उब्जिएको हो । यी प्रश्नका जवाफ अहिलेसम्म प्रहरी प्रधान कार्यालय र गृहले दिन सकेको छैन
Comments
अरु समाचार
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...












