अनुसन्धान अझै अनुत्तरित, डीएनए परीक्षणको वैधानिकतामाथि किन उठ्दैछ प्रश्न ?
काठमाडाैँ १५,असोज । कञ्चनपुर भीमदत्तकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६६ दिन पुग्यो । राज्यको सबै संयन्त्र लाग्दा पनि उनको बलात्कार र हत्या कस्ले गर्यो भन्ने मुख्य प्रश्न अनुत्तरित छ ।
गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति नै गठन गर्यो । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट छुट्टै टोली पठायो । प्रहरी वरिष्ठ उपरीक्षक ठाकुर ज्ञवालीको टोली अहिले पनि कञ्चनपुरमा छानबिनमै छ । तर निर्मलाको बलात्कारपछि कस्ले हत्या गर्यो भन्ने सानो सुराक समेत सार्वजनिक गर्न प्रहरीले सकेको छैन ।
गृह प्रशासन र प्रहरीको सम्पूर्ण शक्ति परिचालन हुँदा पनि निर्मला हत्याका अभियुक्त पक्राउ नपर्दा सरकारको चौतर्फी आलोचना भइरहेको छ । आरोपी र शंका गरिएका प्रमुख एसपी डिल्लिराज विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षण गरियो र तर नतिजा नेगेटिभ आयो ।
सबैको प्रश्न एउटै छ– अनुसन्धान अब कता ? प्रहरी आरोपी छ । प्रहरीकै विधिविज्ञान प्रयोगशालामा डीएनए परीक्षण गरिँदा त्यसको वैधानिकतामाथि समेत प्रश्न उठेको छ ।
घटनास्थलमा प्रमाण सुरक्षित राख्न नसक्नु भनेकै गम्भीर लापरबाही हो । जानकारी हुनेबित्तिकै घटनास्थलमा प्रहरी नपुग्नु, निर्मलाका अभिभावकको चिन्तालाई सामान्य सोचेर एसपी विष्टले प्रहरी परिचालनमा रोक लगाउनु, घटनास्थलमा निर्मलाले लगाएको सुरुवाल धोइपखाल्न लगाउनु, निर्मलाका कपडा शवसँगै जलाउन दिनुले अनुसन्धानको सामान्य सिद्धान्तलाई प्रहरीले नियोजित रूपमै लापरबाही गरेको प्रष्ट्याउँछ ।
कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट र घटनास्थलमा खटिएका अन्य प्रहरीको लापरबाहीले गम्भीर आशंका उब्जिएको हो । यी प्रश्नका जवाफ अहिलेसम्म प्रहरी प्रधान कार्यालय र गृहले दिन सकेको छैन
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












