सांसद दम्पत्तिद्वारा गायिका दुर्गाको ‘कालिकालि’ विमोचन (भिडियोसहित)
काठमाडौं । गायिका दुर्गा साउदको गीति एल्वम् ‘कालिकालि’ आज सार्वजनिक गरिएको छ । रिपोेर्टर्स क्लबमा आयोजित एक कार्यक्रमकाबीच पूर्व कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शेरबहादुर तामाङ र सांसदसमेत रहेकी उनकी धर्मपत्नी उषाकला राईले गीत सार्वजनिक गरेका हुन् ।
मोडर्न स्टार टिभीको प्रस्तुतीमा निर्माण गरिएको उक्त गीतको भिडियो सार्वजनिक गर्दै पूर्वमन्त्री तामाङ्ले गीतमा पूर्वदेखि पश्चिमसम्मको मौलिकपनलाई उतारिएको बताए । उनले गीत उत्कृष्ट हुने विश्वाससमेत व्यक्त गरे ।
उनले भने,‘कलाकारहरू आत्तिनुहुँदैन, सयौं गीतहरू गाउँदापनि क्लिक नभएको भन्दै हतार गर्नुहुँदैन, कुनै दिन त अबश्यपनि आफ्ना सिर्जनाहरू उत्कृष्ट हुन्छन् भन्ने भरोसामा बस्नुपर्छ, राष्ट्र र जनताका आवाजहरू समावेश गर्ने चिन्ता गर्नुपर्छ भन्ने आवाज त सुनिन्छन् तर नेपाली मौलिकपनलाई यस गीतमाजस्तै समावेश गरेर गीतको टिपिकल पक्षलाई पनि सबै कलाकारहरुले ध्यान दिनुपर्छ ।’
गायिका साउदको आफ्नै शब्द, संगीत र स्वर रहेको उक्त गीतमा सुशील सिलवालले स्वरमा साथ दिएका छन् । म्युजिक भिडियोलाई गौरव गिरीले निर्देशन गरेका छन् भने गीतका सुन्दर दृश्यहरु उत्तम हुमागाँईले क्यामेरामा कैद गरेका हुन् ।
गीतको भिडियोमा चर्चित मोडल माला लिम्बु र ईश्वर मल्लको अभिनय रहेको छ । त्यस्तै उत्तम विक्रम केसीले बजार व्यवस्थापन गरेका छन् । भिडियो सम्पादन ललितसिंह साउदले गरेका हुन ।
https://www.youtube.com/watch?v=pyyUgNipfDM
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












