उदयपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या

सुमित्रा कार्की/उदयपुर । रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया एल्जिना खड्काको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। एल्जिना हत्याको अनुसन्धान गर्न प्रहरी र चिकित्सकको टोली घटनास्थल पुगेपछि प्रहरीले यस्तो बताएको हो। प्रहरीले तालिमप्राप्त कुकुरसमेत घटनास्थल लगेर अनुसन्धान अगाडि बढाएको छ। गत शनिबार बाख्रा चराउन गएकी एल्जिनाको शव आइतबार (२५ गते) फेला परेको थियो। एल्जिनाको मुखमा हात पुछ्ने कागज (न्याप्किन) खादेको अवस्थामा शव फेला परेको थियो।
उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले बलात्कारपछि हत्या भएको भन्ने सर्वसाधारणको आशंका भएकाले घटनास्थलमा चिकित्सक र प्रहरीको तालिम प्राप्त कुकुर पठाइएको बताए। ‘बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका छ’, उनले भने, ‘शव भएको स्थलमा तालिम प्राप्त कुकुरसहित अनुसन्धान अधिकृतहरू जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा गएका छन्।’ प्रहरीले पनि एल्जिना हत्याको विभिन्न कोणबाट अनुसन्धान भइरहेको जानकारी दिएको छ। उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले भने, ‘हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ।
घटनास्थल पुगेका प्रहरीले पनि बलात्कारपछि हत्या भएको भनेका छन्, के भएको भन्ने बारेमा अनुसन्धान नभइकन भन्न मिल्दैन।’ शनिबार दिउँसो घरबाट बाख्रा चराउन हिँडेकी स्थानीय दुर्गाबहादुर खड्काकी छोरी एल्जिना आइतबार लाफागाउँको अमला जंगलमा मृत फेला परेकी थिइन। साँझसम्म एल्जिना घर नफर्केपछि स्थानीयले खोजतलास गर्नेक्रममा आइतबार दिउँसो जंगलमा मृत अवस्थामा फेला परेकी थिइन्। शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो। घटनास्थल सदरमुकाम गाईघाटबाट करिब ७५ किलोमिटर उत्तरी विकट क्षेत्रमा पर्छ।
‘शवको प्रकृति बलात्कारपछि हत्याको’ शव भेटिएको ठाउँमा पुगेका स्थानीयले एल्जिनाको बलात्कार पछि हत्या गरिएको हुनसक्ने आशंका गरेका छन्। घटनास्थलमा पुगेका रौतामाई गाँउपालिका ३ लाफागाँउका स्थानीय राजकुमार राईले भने, ‘घाँटी, थिचेको, मुखमा केही कपडाले मुख थुनेको, कपडा खोलिएको जस्तो देखिएकाले बलात्कारपछि हत्या भएको देखिन्छ।’ यता रौतामाई गाँउपालिका प्रमुख गजेन्द्रबहादुर खड्काले पनि शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको जस्तो देखिने बताए। ‘हामी सबै घटनास्थलमै छौँ’, उनले भने, ‘के भएको भन्ने कुरा प्रहरीले भन्ने हो, हामीले शव शेर्दा हेर्दा बलात्कारपछि हत्या भएको देखिन्छ।’
यस्तो छ, घटनाको प्रकृति जनता मावि, लाफागाउँको कक्षा ९ मा पढ्दै गरेकी १३ वर्षीया एल्जिना खड्का शनिबार दिउँसो २ बजे बाख्रा लिएर गाउँ नजिकैको खरबारीमा गएकी थिइन्। दिदीभाइले भैँसी र घरको काम गर्ने भनेपछि माइली एल्जिना बाख्रा चराउन गएको परिवारले बताएको छ। मृतक बालिकाका बुबा दुर्गाबहादुर भने मोटरसाईकल दुर्घटनामा परेकाले त्रियुगा नगरपालिका ७ चुहाडेको घरमा आराम गरेर बसेका थिए। आमा तिहारको भाइटीका लगाउन लाफागाउँमै रहेको माइती घर गए।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












