उदयपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या

सुमित्रा कार्की/उदयपुर । रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया एल्जिना खड्काको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। एल्जिना हत्याको अनुसन्धान गर्न प्रहरी र चिकित्सकको टोली घटनास्थल पुगेपछि प्रहरीले यस्तो बताएको हो। प्रहरीले तालिमप्राप्त कुकुरसमेत घटनास्थल लगेर अनुसन्धान अगाडि बढाएको छ। गत शनिबार बाख्रा चराउन गएकी एल्जिनाको शव आइतबार (२५ गते) फेला परेको थियो। एल्जिनाको मुखमा हात पुछ्ने कागज (न्याप्किन) खादेको अवस्थामा शव फेला परेको थियो।
उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले बलात्कारपछि हत्या भएको भन्ने सर्वसाधारणको आशंका भएकाले घटनास्थलमा चिकित्सक र प्रहरीको तालिम प्राप्त कुकुर पठाइएको बताए। ‘बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका छ’, उनले भने, ‘शव भएको स्थलमा तालिम प्राप्त कुकुरसहित अनुसन्धान अधिकृतहरू जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा गएका छन्।’ प्रहरीले पनि एल्जिना हत्याको विभिन्न कोणबाट अनुसन्धान भइरहेको जानकारी दिएको छ। उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले भने, ‘हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ।
घटनास्थल पुगेका प्रहरीले पनि बलात्कारपछि हत्या भएको भनेका छन्, के भएको भन्ने बारेमा अनुसन्धान नभइकन भन्न मिल्दैन।’ शनिबार दिउँसो घरबाट बाख्रा चराउन हिँडेकी स्थानीय दुर्गाबहादुर खड्काकी छोरी एल्जिना आइतबार लाफागाउँको अमला जंगलमा मृत फेला परेकी थिइन। साँझसम्म एल्जिना घर नफर्केपछि स्थानीयले खोजतलास गर्नेक्रममा आइतबार दिउँसो जंगलमा मृत अवस्थामा फेला परेकी थिइन्। शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो। घटनास्थल सदरमुकाम गाईघाटबाट करिब ७५ किलोमिटर उत्तरी विकट क्षेत्रमा पर्छ।
‘शवको प्रकृति बलात्कारपछि हत्याको’ शव भेटिएको ठाउँमा पुगेका स्थानीयले एल्जिनाको बलात्कार पछि हत्या गरिएको हुनसक्ने आशंका गरेका छन्। घटनास्थलमा पुगेका रौतामाई गाँउपालिका ३ लाफागाँउका स्थानीय राजकुमार राईले भने, ‘घाँटी, थिचेको, मुखमा केही कपडाले मुख थुनेको, कपडा खोलिएको जस्तो देखिएकाले बलात्कारपछि हत्या भएको देखिन्छ।’ यता रौतामाई गाँउपालिका प्रमुख गजेन्द्रबहादुर खड्काले पनि शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको जस्तो देखिने बताए। ‘हामी सबै घटनास्थलमै छौँ’, उनले भने, ‘के भएको भन्ने कुरा प्रहरीले भन्ने हो, हामीले शव शेर्दा हेर्दा बलात्कारपछि हत्या भएको देखिन्छ।’
यस्तो छ, घटनाको प्रकृति जनता मावि, लाफागाउँको कक्षा ९ मा पढ्दै गरेकी १३ वर्षीया एल्जिना खड्का शनिबार दिउँसो २ बजे बाख्रा लिएर गाउँ नजिकैको खरबारीमा गएकी थिइन्। दिदीभाइले भैँसी र घरको काम गर्ने भनेपछि माइली एल्जिना बाख्रा चराउन गएको परिवारले बताएको छ। मृतक बालिकाका बुबा दुर्गाबहादुर भने मोटरसाईकल दुर्घटनामा परेकाले त्रियुगा नगरपालिका ७ चुहाडेको घरमा आराम गरेर बसेका थिए। आमा तिहारको भाइटीका लगाउन लाफागाउँमै रहेको माइती घर गए।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











