कविता महोत्सवका लागि २० कविता छनोट, नामसहित
नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा यही मङ्सिर १५ गते हुन लागेको दोस्रो राष्ट्रिय कविता महोत्सवका लागि २० कविता छनोट भएको छ । विदुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिताका लागि प्राप्त २४८ कवितामध्ये २० कविता छनोट भएको उक्त प्रतिष्ठानले जनाएको छ ।
विभिन्न माध्यमबाट देश र विदेशमा रहेका नेपालीले पठाएका कवितामध्येबाट विज्ञ निर्णायक समितिले २० कविता प्रतियोगिताको अन्तिम प्रतिष्पर्धाका लागि छनोट गरेको महोत्सव प्रचारप्रसार संयोजक मुकुन्दराज अर्यालले जानकारी दिए ।
सो प्रतियोगिताका लागि चितवनका अम्बिका कार्की, ओखलढुङ्गाका इन्द्रकुमार श्रेष्ठ, तेह्रथुमका एलिना दुलाल, रसुवाका जीवन आरोही, रामेछापका जीवन खत्री, सुनसरीका जीतु खड्का, दोलखाकी देवकी अभिलाषी, गोरखाका निशान निष्कर्ष , कास्कीका प्रकाश आचार्य, भोजपुरकी प्रगति राई, कास्कीकी वसुन्धरा भण्डारी, दाङकी भवानी न्यौपाने, बाराका रमेश रसिक, नुवाकोटका रामराजा तिमिल्सिना, प्युठानकी रीमा केसी, बागलुङ विवश बाबु, धादिङका विजय तामाङ, गोरखाका सन्तोष खनाल, कञ्चनपुरका सागर चन्द र जाजरकोटका ज्ञानेन्द्रबहादुर सिंहको कविता छनोट भएको हो ।
प्रतियोगिताका लागि देशका ६२ जिल्लाका स्रष्टाले कविता पठाएको आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलोलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार र तेस्रो दुईलाई रु २०/२० हजार नगद पुरस्कारको व्यवस्था गरिएको उक्त प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिए । यसअघि २०७३ सालमा पहिलो कविता महोत्सव नुवाकोटमै भएको थियो ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











