राष्ट्र बहस–२०७५ प्रतियोगिता सम्पन्न
काठमाडौँ । डिबेट नेटवर्क नेपालको आयोजनामा नेपाली भाषाको संरक्षण र प्रवद्र्धन गर्ने हेतुले तर्कसंगत बहस र वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यका साथ शुरु भएको राष्ट्र बहस–२०७५ प्रतियोगिता सम्पन्न भएको छ ।काठमाडौँको साइम कलेजमा कात्तिक ३० देखि मंसिर २ सम्म चलेको बेलायती संसदीय पद्धतिको उक्त प्रतियोगिको मुख्य विधाको उपाधि दिपशिखा घिमिरे र सविश्र कडेलको टिम अतिरञ्जिलले हात पारे ।
प्रतियोगिताको सर्वोत्कृष्ठ वक्ता ऋषव सापकोटा र सर्वोत्कृष्ठ निर्णायक मिलन विश्वकर्मा घोषित भएका छन् । साइम कलेजको सह–आयोजना र ३२ टोलि वहसकर्ताको सहभागिता रहेको उक्त प्रतियोगिताको मुख्य निर्णायक प्यानलमा डिवेट नेटवर्क नेपालको सञ्चालक सदश्य तथा प्रवन्ध निर्देशक निश्मा गौतम र डिवेट नेटवर्क नेपालका सञ्चालक सदश्य विपुल पाण्डे रहेका थिए ।
नेपालमा नेपाली भाषाको संसदिय पद्धतिमा बहस हुनुले भविष्यमा उत्कृष्ठ राजनीतिज्ञ जन्माउन मद्दत पुग्नेमा आफू विश्वसत रहेको डिवेट नेटवर्क नेपालका अध्यक्ष राज खरेल बताए ।
सेन्जेभियर कलेजबाट सामाजिक कार्य बिषयमा स्नातक सकेका खरेल नेपालमा यूवाहरुले राजनितिलाइ मन नपराउनुमा बहसको संस्कार नहुनु पनि मुख्य कारक रहेकोले यस्ता फरक प्रकारका बहस प्रतियोगीताले युवाहरूको राजनिति प्रतिको घट्दो विश्वासलाई हटाउन बहसको संस्कार संस्थागत हुनुपर्ने भनाई राखे ।
प्रतियोगिताका संयोजक रहेका पदम रेग्मीले नेपाली भाषामा तर्कसंगत बहस वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यका साथ विगत चार वर्षदेखि निरन्तररुपमा डिवेट नेटवर्क नेपालले संसदिय पद्दतिमा विभिन्न किसिमका वहस कार्यक्रमहरू आयोजना गराउँदै आएको बताए । डिवेट नेटवर्क नेपालले सन् २०१४ देखि नेपालमा संसदिय पद्दतिमा बहस गराउँदै आइरहेको छ ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए नयाँ गित (भिडियोसहित)
काठमाडाैं । चर्चित गायक घमेस दुलाल र रिता कुलुको आवाजमा मत पलास बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। पुकार...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...












