‘छक्का पञ्जा ३’ युएईमा प्रदर्शन गरिने
युएई । नेपाली चलचित्रको इतिहास सफल चलचित्र ‘छक्का पञ्जा ३’ युएईका दर्शकले हेर्न पाउने भएका छन । नेपाली चलचित्रको उच्च कमाइ गर्ने फिल्ममा रेकर्ड राखेको चलचित्र ‘छक्का पञ्जा ३ ’ आगामी डिसेम्बर १३ तारिकदेखि युएईका विभिन्न ८ शहरका फिलिम हलमा लाग्ने भएको छ ।
नेपाली चलचित्र युएईको बरदुबई, क्यारिफोर सिटीसेण्टरको सिन्धगा सिनेमा हलमा दुबईकै अलकुजको बलिउड सिनेमा, त्यस्तै आबुधाबीको नेसनल सिनेमाहल र आबुधाबीकै मुसाफाको ग्रान्ड सफिर सिनेमा, लगाएत युएईका अधिकंश फिलिम हलमा नेपाली चलचित्र ‘छक्का पञ्जा ३ पर्दशनी हुने भएको हो ।
नेपालमा रहेका सिमित हल र नेपालीहरू माझ मात्र खुम्चिरहेको चलचित्रको प्रर्दशनले प्राबिधिक रुपम आफ्नो बिकाश नेपाली चलचित्रलाई अन्तर्रा्ष्ट्रिय बजारमा फैलाउन पहल गरिएको आयोजकले बताएका छन । युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा युएईमा २०१६ अक्टोबर १४ तारिक देखि युएईमा नेपाली चलचित्र बीर बिक्रम पर्दशनी भएर नियमित प्रदर्शन सुरु भएको थियो । युएईको चलचित्र हलमा ‘छक्का पञ्जा३ ’ पर्दशनीको लागि सम्पूर्ण तयारी सकिएको युएईका लागि नेपाली चलचित्रका वितरक राजन अधिकारीले बताएका छन् ।
देश बाहिर नेपालीको संख्या धेरै भएको खाडी मुलुकमा छ । प्रवासमा आफ्नो कला सांस्कृति र साहित्य तर्फ चासो राख्ने गर्दछन । नेपाली चलचित्र पनि स्थरिय रुपमा निर्माण हुन् थालेकोले नेपाली चलचित्रलाई यस क्षेत्रमा नियमित पर्दशनी पछि नेपाली कला सस्कृतिको प्रबन्धन बढाएर उजागर हुने कन्सेप्ट भिजन फिल्म प्रोडक्शनका राजन अधिकारीले मोफसललाई बताए ।
दीपाश्री निरौला निर्दे्शित फिलिम दीपकराज गिरी, प्रियंका कार्की, दीपिका प्रसाई शिवहरि पौडैल, केदार घिमिरे ‘माग्नेबुढा, जितु नेपाल, बुद्दी तामाङ, लगायतको मुख्य भूमिका रहेको ‘छक्का पञ्जा ३’ सन्देश मुलक चलचित्र बनेको समीक्षको राम्रो प्रतिक्रिया पाएको छ । फिल्म नेपालको चलचित्र इतिहासमा सबै भन्दा धेरै पैसा कमाउने नेपाली चलचित्र बनेको हो ।
Comments
अरु समाचार
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...