यी हुन् निर्मलालाई हत्या गरी भारत भाग्ने, आईजीपी खनालका अगाडि भन्छन्,‘निर्मलाको हत्या मैले नै गरेको हो’
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा भीमदत्त नगरपालिका–१८ भगतपुरका प्रदीप रावलकै संलग्नता रहेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । उच्च प्रहरी स्रोतका अनुसार रावललले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । यद्यपि प्रहरीले यसबारे औपचारिक धारणा भने सार्वजनिक गरेको छैन । गत साउन १० गते आफ्नो घरबाट साथीको घरमा जान हिँडेकी भीमदत्तनगर–२ की १३ वर्षीय किशोरी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पुष्टि भएको थियो । निर्मला हत्याको आरोपमा मंगलबार साँझ काठमाडौंबाट भीमदत्त नगरपालिका–१८ का प्रदीप रावललाई सीआईबीको टोलीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार १८ वर्षीय रावल लागु औषध दुव्र्यसनी हुन् । प्रदीपका आमाबुबा दुवै भारतको बैंङ्ग्लोरमा रोजगारी गर्दै आएका छन् । स्रोतका अनुसार साउन १० गतेसम्म महेन्द्रनगरमै रहेका प्रदीप साउन ११ गते गड्डाचौकी नाका हुँदै भारतको खटीमा गएका थिए । खटीमामा प्रदीपको मामाघर भएको बताइएको छ ।
‘‘झण्डै १० दिन भारतमा बसेपछि प्रदीप फेरि महेन्द्रनगर आएपछि हामीले समातेका थियौं– साउन २० गते । पछि उनलाई तारेखमा छाडिएको हो । त्यसपछि उनी फेरि हराए,’’ स्रोतले भन्यो । साउन १० गते प्रदीपले साथीहरुसँगै लागुऔषध सेवन गरेका थिए । घटनास्थल वरपर नै उनीहरुले लागुऔषध सेवन गरेको हुनसक्ने बताइएको छ । स्रोतले भन्यो, ‘‘लागुऔषध सेवन गरेपछि प्रदीपले ‘आज त बढी भयो यार’ भनेका थिए ।’’ प्रदीप पक्राउ परेपछि प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा बयान लिइएको थियो । प्रदीपले बयानका क्रममा आईजीपी खनालकै अघि भनेका थिए, ‘‘हत्या मैले नै गरेको हुँ । पक्राउ पर्ने डरले भाग्दै आएको थिएँ ।’’
प्रदीपले निर्मलाको घाँटी दबाएर हत्या गरेको बयानमा उल्लेख गरेको बताइएको छ । घटना स्वीकार गरेका रावलको डीएनए परीक्षणका लागि नमुना संकलन गरेर प्रयोगशालामा पठाइएको छ । रिपोर्ट भने आएको छैन । एक प्रहरी अधिकारीले भने, ‘‘निर्मला हत्यामा प्रदीपको संलग्नताको कैयौं आधार र प्रमाण भेटिएका छन् । डीएनए पनि हेरिरहेका छौं । सबै कोणबाट अनुसन्धान गहिरिएर गरिरहेका छौं । डीएनए नै एकमात्र विकल्प नहुनसक्छ ।’’
स्रोतका अनुसार प्रदीपकै बयानका आधारमा कञ्चनपुरबट थप २ जना पक्राउ परेका छन् । भीमदत्तनगर नगरपालिका–१८ का दिनेश चौधरी र सन्दीप चौधरीलाई बिहीबार धनगढी विमानस्थलबाट काठमाडौं ल्याइएको छ । उनीहरुसँग पनि आईजीपी खनाल आफैंले सीआईबीमा पुगेर बयान लिएका थिए । स्रोतले भन्यो, “राति ११ बजेसम्म आईजी साब आफैं उनीहरुसँग बयान लिँदै हुनुहुन्थ्यो । साथमा अन्य अनुसन्धान अधिकृत पनि थिए ।’’ प्रहरी स्रोतका अनुसार प्रहरी यो घटनाको निचोडमा पुग्ने तयारीमा छ । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने, ‘‘अनुुसन्धान न्यारोडाउन भएको छ । अनुसन्धान जारी छ । अहिले सबै कुरा भन्न मिल्दैन ।’’
स्थानीय भन्छन्– निर्दोष नफसुन्
यसअघि प्रहरीले निर्मला हत्यामा संलग्नताको आशंकामा स्थानीय दीलिप विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । तर, दीलिपको डीएनए म्याच नभएपछि उनी छुटेका थिए । हालसम्म निर्मला प्रकरणमा नौ जनाको डीएनए परीक्षण गरिएको छ । दीलिपलाई समातेपछि स्थानीयले निर्दोषलाई फसाउन खोजिएको भन्दै प्रदर्शन गरेका थिए ।
‘‘अहिले प्रहरीले देखाएको सक्रियता सकारात्मक छ । तर अपराधी छुटुन्, निर्दोष नफुसन् भन्ने हाम्रो माग हो,’’ निर्मलाका छिमेकी स्थानीय अगुवा अम्बादत्त तिवारीले भने । निर्मला हत्या प्रकरणको अनुसन्धानमा लापरवाही गरेको आरोपमा कञ्चनपुर प्रहरीका तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्ट बर्खासीमा परेका छन् भने अन्य केही प्रहरी निलम्बनमा परेका छन् । प्रहरीले निर्मला प्रकरणबारे केही दिनमै पत्रकार सम्मेलनमार्फत् जानकारी गराउने बताइएको छ ।
हामीले यो समाचार १२ खरी अनलाइनबाट साभार गरेका हौं ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












