गुरुङको ‘असल संस्कारः समृद्धिको आधार’ पुस्तक विमोचित
काठमाडौँ । संस्कार समाज नेपालकी अध्यक्ष तथा समाजसेवी पशुपति गुरुङद्वारा लिखित ‘असल संस्कार, समृद्धिको आधार’ नामक कृतिको विमोचन गरिएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा संस्कार समाज नेपालले एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तकको विमोचन गरेको हो ।
प्राध्यापक उषा ठाकुर, पूर्व राज्यमन्त्री तथा साहित्यकार भद्रा कुमारी घले, तोयानाथ पौडेल, कृष्णप्रसाद पौडेल, खेम तिवारीलगायतले उक्त पुस्तक संयुक्त रूपमा विमोचन हुन ।
कार्यक्रममा प्रा.उषा ठाकुरले साहित्य र संस्कार संस्कृृतिबीच अन्योन्याश्रित सम्बन्ध रहने बताइन् । उनले भनिन्,‘समाज सुधारको लागि साहित्यकारहरुको ठूलो भूमिका हुन्छ, देशको विकास र समृद्धि भाषण गरेर आउँदैन, बोलेका कुराहरु व्यबहारमा उतार्नुपर्छ, राजनीति, सामाजिक मुल्य मान्यताहरू संस्कारयुक्त हुनुपर्छ, यसको लागि पशुपतिजीको कृति एकदमै पठनीय छ, राम्रो छ, त्यही पंक्तिमा पशुपति गुरुङ उभिनुभएको छ, यसलाई निरन्तरता दिनुहोला, मेरो शुभकामना छ ।’
कार्यक्रममा पूर्व राज्यमन्त्री तथा वरिष्ठ साहित्यकार भद्रा कुमारी घलेले साहित्यमा लोकजीवनको कथावस्तु समेटिनुपर्ने धारणा राखेकी छिन् । उनले भनिन्,‘नेपाली साहित्यमा आफ्नोपन, मौलिकपन हराउँदै गएको छ, लोकसाहित्य, लोकसंस्कृति, लोकसंगीत हुुनुपर्छ यही मान्यतामा रहेर पशुपतिले पुस्तक लेख्नुभएको छ, यस कृतिको महत्व निक्कै ठूलो छ, समाजको लागि साहित्यले ठूलो भूमिका खेलेको हुन्छ, यस अभियानमा पशुपति लाग्नुभएको छ, आफू र आफ्नो समाज मात्रै नभएर सिंगो देशको बारेमा चिन्ता र चासो राख्ने मानिसहरु समाजमा निक्कै कम छन्, सात जना महिलाहरुले सुरु गरेको संस्कार समाज नेपालले ठूलो भूमिका खेलेको छ,आगामी दिनहरुमा पनि यस्तै भूमिका खेल्दै जानुहोला भन्ने मेरो कामना छ।’
कार्यक्रममा कृतिकार गुरुङलाई कक्षा १० सम्म पढाएका शिक्षक तोयानाथ पौडेलले आफूले शिक्षा दिएको विद्यार्थीले पुस्तक लेखेर आफैलाई विमोचन कार्यक्रममा बोलाउँदाको खुशी शब्दमा व्यक्त गर्न नसकिने बताए ।
उनले भने,‘काँस्की घान्द्रुकको गुरुङ परिवार निक्कै राम्रो, सफा सुन्दर र शिक्षित थियो, घान्द्रुकमा स्कुल स्थापना गर्नको लागि पशुपतिका बुवाले ठूलो भूमिका खेल्नुभएको थियो, उहाँको परिवार नै समाज सुधारक तथा सेवामा लागेको देखिन्छ, संस्कारिलो परिवेश र परिवारबाट हुर्केबढेकी पशुपतिले एउटा संस्था चलाएकी रहिछन्, यो निक्कै खुशिको विषय हो, यसरीनै भविष्यमा थप प्रगति गर्दै जानु मेरो शुभकामना छ ।’
त्यस्तै अर्का शिक्षक कृष्ण प्रसाद पौडेलले मुलुकको विकास र समृद्धिको आधारस्तम्भका रुपमा आफूलाई उभ्याएको कृतिकार गुरुङलाई धन्यवाद ज्ञापन गरे । उनले भने,‘उनले आफ्नो जन्मभूमि र जीवनका २२ वर्षहरु जापान र कोरियामा बिताएका पलहरुलाई यस कृतिमा समावेश गरेकी छिन्, जन्मभूमिलाई भुलेकी छैनन्, यो सबैभन्दा राम्रो कुरा हो, जन्मभूमिप्रतिको माया र देशको विकास नहुनका कारणहरुलाई विदेशमा सिकेर स्वदेशमा केही गरौं भनेर फर्केकी छिन्, यसरीनै समाज र देशको विकासमा समर्पित रही रहनको लागि पशुपतिलाई मेरो अनुरोध छ ।’
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष खेमराज तिवारीले छोटो समयमा संस्कार समाज नेपालले समाजमा ठूलो महत्व राख्न सफल भएको बताए ।
उनले भने,‘संस्कार समाज नेपाल स्थापना भएको धेरै समय भएको छैन् । तर, समाजमा यो संस्थाले ठूलो योगदान दिईसकेको छ, सिंगो देशलाई संस्कार सिकाउने र समृद्धिको पहिलो आधार नै संस्कार हो भन्ने संन्देश प्रवाह गरेको छ, यस सस्थाको अध्यक्ष तथा आज विमोचित कृतिका कृतिकार पशुपति गुरुङ दिदीलाई यस अभियानमा निरन्तर लागिरहनको लागि आग्रह गर्दछु, साथै यहाँहरुको अभियानमा मेरो साथ रहने प्रतिवद्धता जनाउँदछु ।’
कृतिका कृतिकार पशुपति गुरुङले पुस्तकमा आफूले जीवन–भोगाइ र समाजका दृश्यहरु समावेश गरेको सुनाईन् ।
उनले भनिन्,‘हाम्रो देश किन बनेन ? हाम्रा यूवाहरु विदेश जानुपर्ने बाध्यता र संस्कार कहिले हट्छ ? हाम्रो देश कहिले बन्ला ? यस्ता धेरै प्रश्नहरुले मलाई विदेशमा घोचिरहेका हुन्थे, म विदेशमा कति रोएँ ? कति दुःख पाएँ त्यसको कुनै लेखाजोखा छैन्, हाम्रो नेपाल संस्कारविहिन बन्दै गएको अवस्था छ, यसमा सम्पूर्ण नेपालीहरु गम्भिर बन्नुपर्छ ।’
कार्यक्रममा संस्कार समाज नेपालका कार्य समितिका सदस्यहरु तथा विभिन्न विधाका मानिसहरुको सहभागिता रहेको थियो । पत्रकार प्रकाश समीरले कार्यक्रम सञ्चालन गरेका थिए ।
Comments
अरु समाचार
-
‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
इलाम : यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय...
-
दुई विदेशी कलाकारका कला साताव्यापी प्रर्दशन गरिने
काठमाडौँ: ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र...
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...