गौरीकलाको हत्यामा एक ट्राफिक प्रहरी सहित तीन जनालाई जन्मकैद
सुर्खेत । गत चैत १३ गते सुर्खेतको पञ्चपुरी नगरपालिकामा एसइई परीक्षार्थी गौरीकला रोकायको बलात्कार पछि हत्या भयो।
बलात्कारपछि हत्या गरेको आरोपमा तीन जनाविरुद्ध गत वैशाख ९ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भयोे। अदालतले सोही अभियोगमा दोषी ठहर गरिएका तीन जना लक्ष्मी बास्तोला, खुमप्रसाद बास्तोला र ट्राफिक प्रहरी हरिप्रसाद कोइरालालाई जन्मकैदको सजाय सुनाएको छ। जिल्ला अदालत सुर्खेतका न्यायाधीश ध्रुवकुमार शाहीको एकल इजलासले जन्मकैदको फैसला सुनाएको हो।
बलात्कारका तिनै जना दोषीलाई २० वर्ष कैद र मृतकका हकवालाले एक लाख रुपैयाँ क्षतिपूर्ति भराई लिन पाउने गरी फैसला गरिएको जिल्ला अदालत सुर्खेतका रजिष्ट्रार भुपाल भण्डारीले जानकारी दिए।
मुलुकी ऐन ज्यान सम्बन्धी महलको दफा १ र १३ को उपदफा ३ बमोजिम कसुर पुष्टि हुन आएकाले सोही महल बमोजिम जन्मकैदको सजाय सुनाइएको रजिष्ट्रार भण्डारीले बताए। त्यस्तै मुलुकी ऐन जबरजस्ती करणी मलको दफा १ र ३ नम्बरको कसुरमा दफा ३(४) को उपदफा ३ ‘क’ अनुसार ७ वर्ष कैद र थप ५ वर्ष सजाय अदालतले तोकेको छ। उक्त महलको दफा १० अनुसार मृतकका हकवालालाई एक लाख रुपैँया क्षतिपूर्ति भरपाइ लिने गरी अदालतले फैसला गरेको हो। जन्मकैद सजाय पाउने बास्तोलाका दुई भाइ हुन भने कोइराला ट्राफिक प्रहरी हुन्।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











