अब बलात्कारपछि हत्या गर्नेलाई आजीवन कैद सजाय हुने
काठमाडौँ । १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारपछि हत्यामा दोषी ठहर भएका कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले आजन्म कैदको फैसला सुनाएको छ ।
मुलुकी संहिता २०७५ मा बलात्कारपछि हत्यामा दोषीलाई जिवित रहेसम्म कैद गर्ने व्यवस्था भएपछि अदालतले गरेको यो पहिलो फैसला हो ।
न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजलासले बुधबार स्याङ्जा स्थायी घर भई पोखरा– २२ पुम्दीभुम्दी बस्दै आएका २७ वर्षीय पौडेललाई जीवित रहेसम्म थुनामा राख्न आदेश दिएको कास्की जिल्ला अदालतका श्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिए । अदालतले कुसुमलाई मंसिर १७ गते दोषी ठहर गरेको थियो ।
मुलुकी अपराधसंहिता २०७४ को दफा ४१ मा ६ किसिमका कसूरमा कसुरदार जीवित रहेसम्म कैद सजाय गर्ने व्यवस्था गरिएको छ । जसमा बलात्कारपछि हत्याको कसूर पनि उल्लेख छ ।
महान्यायाधिवक्ताको कार्यालयका अनुसार नयाँ मुलुकी संहिता लागू भएपछि आजीवन कैदको माग गर्दै अरु पनि केही मुद्दा दर्ता भएका छन् । तर, अदालतबाटै आदेश आएको यो यो पहिलो भएको प्रवक्ता संजीवराज रेग्मीले जानकारी दिए ।
१० वर्षीया बालिका श्रेयाको असोज ९ गते हत्या भएको थियो । घटनाको २४ घन्टा नबित्दै पौडेल पक्राउ परेका थिए । बलात्कार प्रयास गर्दा बालिकाले प्रतिकार गरेपछि घाँटी थिचेर हत्या गरेको उनले स्वीकार गरेका थिए ।
रक्सीमा मात्तिएर श्रेयामाथि बलात्कार गर्न खाजेको र नमानेपछि हत्या गरेको पौडेलले स्वीकारेका थिए । पैसाको लोभ देखाएर बाटोभन्दा केही पर लगेर बलात्कार गर्न खोजेको, श्रेयाले प्रतिकार गरेपछि घाँटी थिचेको र बेहोस भएको थाहा भएपछि ढुंगाले टाउकोमा हानेर हत्या गरेको कुसुमले अदालतमा बयान दिएका थिए ।
श्रीयालाई हत्या गरेको कसैले थाहा नपाओस् भनेर शवलाई झाडीमा फालेर हिँडेको उनको बयान छ । रक्सीको जोसमा आफूले होस गुमाउँदा यस्तो घटना घटेको पौडेलले बयान दिएका थिए ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











