बिदेशी केटा प्रयोग गरेर नेपाली युवतीको यस्तो धन्दा !

काठमाडौं । सन् २०१५ मा अफ्रिकन देश आइभरीकोस्टका ओतुटा अकाकागनी नेपाल आए। भिजिट भिसामा आएका उनी स्वदेश फर्किएनन्।
जसको एक मात्र कारण थियो, फेसबुक।
कुसुम कायस्थ नाम गरेकी एक युवतीले उनलाई फ्रेन्ड रिक्वेस्ट पठाइन्। हेर्दा सुन्दर नेपाली युवती देख्नेबित्तिकै ओतुटाले एसेप्ट बटम दबाइहाले।
हाइहेल्लोबाट सुरु भएको कुराकानी गाढा बन्दै गयो। प्रेमका कुरा चल्न थाले। अन्तत: दुई वर्षअघि उनीहरु विवाह बन्धनमा गाँसिए।
दुई जना एकैठाउँ हुँदा खर्च बढ्ने नै भयो। घुम्न, रेस्टुरेन्ट जान, ट्याक्सी चढ्न कसरी पैसा जुटाउने? ओतुटालाई समस्या थियो। आर्थिक भरथेग कुसुमले नै गर्न थालिन्।
यसका लागि उनले पैसा कमाउने आइडिया निकालिन्, जसको प्रयोग बन्यो सामाजिक सञ्जाल फेसबुक। फेसबुकबाटै जोडिएका उनीहरुका लागि आर्थिक संकलनको पाटो पनि फेसबुक नै बन्न थाल्यो।
दुवैले आइडिया रचे- उपहार परेको भन्दै विभिन्न फेसबुक प्रयोगकर्तालाई म्यासेज गर्ने। उपहार पाउन भन्सार रकम तिराउनले र ठगी गर्ने।
विवाहपछि यही धन्दाबाट उनीहरले मस्त पैसा कमाउन थाले। यसका लागि उनीहरुले फेसबुक मात्र होइन भाइबर, ह्वाट्स एप, इमोसमेत प्रयोग गरे।
‘मान्छेको प्रोफाइल चेक गर्ने, हेर्दा सोझासिधा देखिने, ठग्न सकिने जस्तोलाई उपहार पर्यो भन्दै फकाउने गर्दा रहेछन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले भने।
दुई वर्षसम्म सयौं जनालाई फसाउने यो जोडी अन्तत: महानगरीय प्रहरी अपराध महाशाखाको टोलीबाट उम्कन सकेन। पेप्सीकोलाबाट उनीहरु पक्राउ परे। जसमा थिए, काभ्रेको साबिक भुम्लुटार गाविस–६ की ३२ वर्षीया कुसुम कायस्थ र पासपोर्ट नम्बर १५ एएच ४२०१६६ भएका आइभरीकोस्टका ३२ वर्षीय ओतुटा अकाकागनी।
उनीहरु अहिले हिरासतमा छन्।
उपहार परेको भन्दै उपहारको तस्बिर मात्रै उनीहरुले पठाएनन्, विश्वास दिलाउन र पक्राउ नपरियोस् भन्न उनीहरु फोन गर्न भारतसम्म पुग्थे।
‘तपाईंको पुरस्कार भारतीय भन्सारमा रोकिएको छ। म भन्सारबाट फलानो अधिकृत बोलेको। उपहार लिन… यति रकम पठाउनु होला,’ अधिकांश पीडितलाई यसै भनेर विश्वासमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ।
उनीहरुले धेरै व्यक्तिलाई ठगी गरेको हुन सक्ने प्रहरीले जनाएको छ। अहिलेसम्म ८ जना पीडित प्रहरीको सम्पर्कमा पुगेका उनीहरुबाट यो जोडीले १४ लाख ३४ हजार ९ सय ७२ रुपैयाँ ठगी गरेको पाइएको एसएसपी सिंहले बताए। अन्य पीडित भए सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ।
ठगी गरेको पैसाले उनीहरुले मोजमस्ती गर्ने गरेको पाइएको छ। पेप्सीकोलामा फ्ल्याट नै भाडामा लिएर बसेको यो जोडीको लवाइखवाइ र बसाइ पनि निकै ब्रान्डेड छ।
उनीहरुको आफ्नै कार समेत भएको प्रहरीले जनाएको छ। कार लिएर उनीहरु विभिन्न ठाउँमा घुम्ने गरेका थिए। कार पनि ठगी गरेकै पैसाले किनेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। युवतीले भने आफूले व्यापार गर्ने गरेको दाबी गर्दै व्यापारकै रकमले कार किनेको बताएकी छन्। उनको भनाइमा शंका गर्ने ठाउँ धेरै रहेको प्रहरीले जनाएको छ। आफू मोडलिङ पेसामा रहेको पनि कुसुमले दाबी गर्दै आएकी छन्।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












