ताजा समाचार

तराजुमा प्रेम (पुस्तकअंश)

बानेश्वर बिहानकै लयमा व्यस्त देखिन्थ्यो । मध्याह्नको एक बज्न लागेको थियो । पेट रित्तो थियो, जसरी मन रित्तिएको थियो । पसिना र आँसुका दाग अनुहारभरि बोकेर उही पुरानो गेस्टहाउसमा शरण लिन पुगेँ । समय पनि कति क्रूर भएर आउँदो रहेछ । जुन ठाउँमा मुटु चिर्ने अनगिन्ती यादहरू छोडिएका हुन्छन्, त्यही ठाउँमा पटकपटक ल्याएर पछार्छ ।

साँझ झमक्क परेको थियो, कोठाबाट निस्किएँ । कान्तिपुर मःम सप नजिकै रहेको रक्सी पसलमा पसेँ । एउटा भोड्का लिएर कोठा फर्किएँ । कतिखेर बोत्तल रित्तियो ? कतिखेर अर्धचेत भएर लडेँ, पत्तो भएन ? मोबाइलमा रिङ्ग बज्दा तर्सिएर बिउझिएँ ।

प्रज्ञाले फोन गरेकी रहिछे । उठाएँ । भनी, “कहाँ छौ शिशीर ?”

लर्बराउदै भनेँ, “मेरो कुनै निश्चित ठेगान छैन प्रज्ञा अब । अहिले गौशाला छु । भोलि कहाँ हुन्छु या हुन्न । नसोध मलार्ई अनि मेरो निरर्थक गन्तव्यलाई ।”

सास तान्दै भनी, “मन सानो नगर शिशीर । जीवन भन्नु नै यही त हो आखिर । अनेकौँ असफलताका बाबजुद पनि सम्हालिएर बाँच्नुपर्छ हामीले ।”

“ठीकै छ प्रज्ञा, मैले सम्हालिनुपर्छ भन्ने पनि त छैन । जिउनुपर्छ भन्ने पनि त छैन । आखिर जीवन मेरो हो । मरे पनि बाँचे पनि मेरो हो । जसरी चल्छ, चल्दै जान्छ ।”

“आफूलार्ई विचलित बनाएर समस्याको समाधान भेटिन्न । बरु सम्हालिन सिक । त्यहीँभित्र जीवनको अर्थ भेट्ने छौ । हामी अरूको लागि मर्न, अरूकै लागि बाँच्न यहाँ धर्तीमा छैनौँ ? हामीले आफ्नो लागि बाँच्नुछ । आफ्नै लागि केही गर्नुछ । यो माया, प्रेम, सम्बन्ध आफ्नो, आफन्त सबै पलभरको हो । यो झुट्टो संसारमा कोही हुँदैन आफ्नो । यदि तिमीलार्ई अरूकै हुनुमा आफ्नो अस्तित्व भेट्छौ भने वर्र्षा मात्र छैन तिम्रो जीवनमा ?

अरू धेरै छन् यहाँ हाम्रो जीवनसँग गाँसिएका पात्रहरू । एउटाको लागि सबैलार्ई जरैबाट उखेलेर मिल्काउन कहाँसम्मको बुद्धिमानी हो ? कमसे कम आफ्ना बाउआमा छन् । उनीहरूलार्ई एउटी केटीका लागि उपेक्षा नगर । ऊ अरू कसैकी भइसकेकी छे अब । एकपटक आमाको ममता अनि बुबाको निर्दोष अनुहार याद गर । तिमीले आफू हुनुको महŒव पाउने छौ । उनीहरूको अनुहारमा तिमीले आफूलार्ई भेट्ने छौ । महसुस गर । तिमी नहुँदाको तिम्रो घर । अनि परिवारको अनुहार । महसुस गर, उनीहरूको रित्तो काख । एउटी प्रेमिकाभन्दा धेरैमाथि पाउने छौ आफ्नो घर । बाउआमाको काख अनि आफू हुनुको अस्तित्व ।”

उसका अभिव्यक्तिले मेरो मर्दै गएको घर, परिवारप्रतिको दायित्व, कर्तव्यलाई झाँकेर गएझैँ लाग्यो । म भित्रको एउटा निष्ठावान् छोराको अस्तित्वलार्ई चिरेर गएझैँ लाग्यो । परिवारको माया र महत्वलाई दर्शाएर गएझैँ लाग्यो । मैले मेरो प्रेमका लागि उपेक्षा गरेको बाआमाको अनुहारलाई अगाडि उभ्याएर गयो । म झस्किएँ । मलार्ई जीवनमा अझै केही बाँकी छ भन्ने अनुभूत गराई । फेरि भन्न थाली, “प्रेम प्राप्ति मात्रै हैन शिशीर, त्याग र बलिदान पनि हो ।”

वर्षाले आफ्नो विवशताको अगाडि घुँडा टेकी । यसरी नै हरेक मान्छेलाई कुनै न कुनै विवशताले न्याँकेको हुन्छ जसका अगाडि कसैको केही लाग्दैन ।

“मलार्ई थाहा छ । बर्सौंबाट मलजल गरेर हुर्काएको आफ्नो प्रेम त्याग्नुपर्दा कति पीडा हुन्छ ? मैले पनि नजिकबाट महसुस गरेकी छु । अब वर्षालार्ई सहानुभूति देऊ । ऊ आफ्नो जीवनमा अगाडि बढ्न सकोस् । उसलार्ई दोषी बनाएर आफू र आफ्नो प्रेमको उचाइ नघटाऊ । बरु उसको भावना र विवशताको इज्जत गर । उसले त अरूको खुसीकै लागि आफ्नो समग्र रहरको बलिदान दिएकी छे । ऊ आफ्नो ठाउँमा महान् छे । तसर्थ उसलार्ई कमजोर बनाउने कुनै गलत काम नगर ।”

“यी सब कुरा आफ्ना ठाउँमा ठीक होलान् प्रज्ञा । तर मन मान्दै मान्दैन । समयलार्ई बुझौँला म । आफूलार्ई कसरी बुझूँ ? यो मनलार्ई कसरी बुझाऊँ ? ऊविनाको जीवन सारै नमिठो लागिरहेको छ प्रज्ञा !”

“यस्तै हो जीवन । यहाँ सबै हाँसेर बाँचेका हुँदैनन् । हाँसो पनि जीवन हो । आँसु पनि जीवन हो । सधैँ मिठो हुँदैन जीवन । मिठो भएन भनेर जिउनै छोड्नु पनि त हुँदैन । तसर्थ समस्याका बीचमा जिउन सिक्नुपर्छ । चुनौती बोकेर हिँड्न सिक्नुपर्छ प्रेम टुट्दैमा सबैथोक सकिँदैन ।

मन, भावना र हृदयमा अतीतका अनगिन्ती यादहरू बसेका हुन्छन् । तिनीहरूको हत्या गर्न सकिन्न । शरीरसुख साट्न नपाए पनि कमसे कम जीवनका उत्तरार्धमा एउटा मिठो आभास बनेर स्मृतिका पानाभरि छाइरहोस् । जीवनका कुनै पलमा भेट हुँदा मुस्कुराएर बोल्न पाइयोस् । एकअर्काको जीवनलाई फर्किएर हेर्न पाइयोस् । समीक्षा गर्न पाइयोस् । आखिर यो पनि एउटा प्रेमभित्र पर्न जान्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org