रवि लामिछानेमाथि नैतिकताको प्रश्नसंगै निकिताको राजीनामासम्म जे देखियो !
काठमाडाैं । टेलिभिजन पत्रकार रवि लामिछाने पत्नी निकिता पाैडेलले चलचित्र विकास बोर्डबाट राजीनामा दिएपछि तरङग फैलिएको छ ।
यसअघि दुई श्रीमतिसहित तीन बच्चाको बुवा बनिसकेका रवि लामिछानेलाई अहिले सामाजिक सञ्जालदेखि चिया चाैतारीसम्म एउटा खलनायक पात्रको रुपमा चित्रण गर्न समेत थालिएको छ ।
निकिताले कसरी अर्काको बनिबनाउ घर भाड्ने प्रयास गरिन र रविले पत्नीसहित सन्तानलाई चटक्कै माया मारेर अर्को विवाह गरे त्यो भने उनले नै धेरै जान्लान । तर, न्युज-नेपालको टिमले उनका पछिल्ला अभिव्यक्तिमाथि सर्वसाधारणको प्रतिक्रिया र सामाजिक सञ्जाल फेसबुक ग्रुप WRR (जहाँ महिला मात्र सदस्य छन् ) मा उनीबारे केहि अध्ययन गर्यो । जुन न हेर्न लायक थिए त न सुन्न नै ।
उनले एउटा नारीमाथि देखाएको व्यवहारको कडा निन्दाका साथै उनले निकितालाई फेरि धोका दिन्नन भन्ने ग्यारेन्टि के भनेर प्रश्न समेत उठाइएको थियो ।
निकिताले राजीनामा दिदै गर्दा लेखिन्, मैले नेपाल सरकारबाट लिएको तीन महिनाको तलब मेरा श्रीमान रवि लामिछानेले निर्माण गर्न लागेको रास्कोट अस्पताललाई सहयोग गर्छु । यसले उनीहरुबीचको माया दर्शाउला नै । नयाँ जीवनमा प्रवेश गरेका कारण व्यस्त हुने भएकाले आफ्नो पदबाट राजिनामा दिएको भन्दै निकिताले आफूलाई सेफ ल्याण्डिङ गर्न समेत खोजिन तर उनले राजीनामा दिनुको कारण भने सरकारसँग उनले रविकै जस्तो रवैया देखाएकै कारण पदबाट हात धुनु परेको भन्ने कुरा छर्लङ्गै छ ।
रवि लामिछानेका थुप्रै फ्यानले एउटी महिलालाई धोका दिदा समेत उनको जयजयकार गरिरहेकै छन । तर, उनीहरुले यो बुझेका छैनन की त्यहि कुरा आफ्नो दिदि-बहिनीमाथि भएको भए के हुन्थ्यो ? भलै उनले नेपालको भद्रगोल समाजमा आएर आफ्नै पाराले कहि कतै कसैको वास्ता नगरेर कार्यक्रम चलाए तर, यसको अर्थ यो होइन की देशको सरकार कानुन भन्दा उनले गरेका काम जायज छन् । पत्रकारिताको धर्म भनेको सत्य कुरा दिने पक्कै हो तर, मिडियाको खोल ओढेर जता पायो त्यतै बन्दुक हान्ने भन्ने पक्कै होइन् ।
उसो त निकिता पनि राम्रै कुलघरानाकी हुन् । गोपी कृष्ण मुभिजका मालिक तथा चलचित्र निर्देशन उद्वव पाैडेलकी छोरी निकिता निश्चित पार्टीको झन्डा बोकेकै कारण चलचित्र विकास बोर्डमा छिरेकी हुन् । उनको क्षमता र योग्यतामाथि सार्वजनिक रुपमै प्रश्न उठेकै हो । अब रह्यो कुरा रवि लामिछानेको । निश्चित पार्टीको झण्डा मुनिको जागिर आज आएर ओकल्नु पर्दा र रविले सम्बन्ध स्थापित गर्दा दखिएको कुरा कतै रवि समेत सोहि पार्टीका अदृष्य कार्यकर्ता/नेता त होइनन् ? अहिले नै उनलाई यो पार्टीको भनेर भन्दा समेत यसले अर्कै रुप लिन्छ होला तर, रविले निकिताको राजीनामामा भने जुक्ति निकालेकै हुन् । निकिताको वक्तव्यमा रविको दिमाग मिसिदैनथ्यो भने सायद क्रोधले भरिपूर्ण वक्तव्य आँउथ्यो ।
निकिताले वक्तव्यमा लेखिन,पाल सरकारबाट मैले प्राप्त गरेको पछिल्लो ३ महिनाको आफ्नो सम्पुर्ण तलब बापतको रकम मेरा श्रीमान श्री रबि लामिछानेको सम्योजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई दिन चाहन्छु। यो सङै अबको मेरो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालकालागि समर्पित गर्ने कुराकोपनि जानकारी गराउदछु। चलचित्र बिकास बोर्ड को अध्यक्षको जिम्मेवारीबाट अलग भएपनि,मेरो नाभीसगै गासिएको गौरवशाली चलचित्र क्षेत्रको हितकालागि म सदैव क्रियाशील रहिरहने छु।
कर्णालीलाई दुर्गम भन्दै निकिताले देखाएको दया भने अलि अस्वभाविक नै लाग्छ । एउटा अस्पताल बन्दैमा कर्णाली सुगम बन्छ त ? निकिता र रवि मिलेर कर्णालीलाई सुगम बनाइ छाड्छन त? सहयोगी मन भन्दै दुनिया नेपालीबाट पैसा उठाएर गरेको कामको श्रेय सबै लिन खोज्दा निश्चित भुगोल सुगम बन्छ त ? यी यस्तै तमाम प्रश्नले घेर्न सक्छ । तर, कर्णालीमा बनाउन लागिएको अस्पताल भने सराहनीय काम हो नै । उसो त सरकारले यसको राम्ररी नियमन गर्न जरुरी छ । आर्थिक स्रोतको पारदर्शिता र आम सर्वसाधारणले दिएको चन्दाको सदुपयोगमा निश्चित मापदण्ड बनाउने बेला समेत भएको छ । अहिले सहयोगका नाममा हुने गरेका विभिन्न विकृतिले समाज गिजोल्दै लगेको छ । यस्तो अवस्थामा सरकारले मापदण्ड बनाउन सकेन भने समेत समाजमा छिट्टै भयानक दुर्घटना निम्तिने खतरा देखिन्छ ।
युट्युबमा फलानोलाई सहयोग रकम हस्तान्त्रण गरियो भन्ने र यसरी कयाैं स्थानमा उठाउने गरिएका सहयोग रकमका लागि सरकारले निश्चित मापदण्ड बनाएर यसको नियमन गर्ने बेला आएको छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











