कतै तपाइको श्रीमानले यस्तो व्यवहार त गरिराख्नुभएको छैन ?
भनिन्छ पती—पत्नीको झगडा परालको आगो भनेर । बेलाबेला यो सम्बन्धमा उतार—चढाव पनि आइरहन्छ । तपाइले पनि अनुभव गर्नुभएकै कुरा हो यस्तो सानोतिनो झै—झगडा, मनमुटाव हुनु सामन्य नै हो । यद्यपी पतिको व्यवहार अचानक बद्लयो भने त्यसले राम्रो संकेत गर्दैन । पतिको व्यवहार र शारीरिक हाउभाउबाट पनि तपाईले थाहा पाउनुहुन्छ, उसको मनोदसा कस्तो छ ?
हात समात्ने शैली
यदि पतिले तपाईको हात कसिलो गरी समात्छ र उसको औंला इन्टरलक्ड गर्छ भने उसले तपाईलाई रुचाएका छन्, माया गरेका छन् । यद्यपी हात कसिलोगरी समात्दैन भने तपाईलाई पतिले राम्ररी बुझेकै छैनन् । तपाईहरुको सम्बन्ध अहिलेपनि सुरुवती चरणमै छ ।
खुट्टाको पोजिसन
यदि पति तपाईसँग बसेका छन् र खुट्टा क्रस गरेर बसेका छन् । खुट्टाको दिशा तपाईको नजिक छैन भने त्यसले राम्रो संकेत गर्दैन । अर्थात पतिलाई तपाईप्रति उस्तो रुची छैन । अचानक धेरै प्रेम दर्शाउन थाले अचानक तपाईको पार्टनरले धेरै माया गर्न थाल्यो भने सर्तक हुनुपर्छ । अस्वभाविक ढंगले तपाईप्रति माया दर्शाउन थाल्छ भने उसले केहि न केहि कुरा लुकाउन खोजिरहेको हुनसक्छ । आइ कन्ट्याक्ट बिना कुरा गर्छ
यदि उसले तपाईसँग आँखा जुधाएर कुरा गर्दैन भने पनि राम्रो मान्न सकिदैन । तपाईसँग भएर पनि उनसले यताउता आँखा दौडाउँछ भने उसको नियत राम्रो नहुन सक्छ । यदि तपाईसँग कुरा गर्न चाहेन भने यदि तपाईसँग खुलेर कुराकानी गर्न चाहँदैन भने केहि गडबड छ भनेर बुझ्नुपर्ने छ । पार्टनर या त तपाईसँग सन्तुष्ट छैनन् वा अरुसँग आकषिर्त छ भन्ने कुरा बुझ्न सकिन्छ ।
तपाइका यी बानी जुन तपाइको पार्टनरलाई चित्त बुझ्दैनन्
१. पार्टनर चाहन्छन् कि घरमा सबै कुरा ठीकठाक होस् । हरेक सामन खोजेको बेला सजिलै फेला पार्न सकियोस् । तर, सबैकुरा अस्तव्यस्त छ भने पार्टनरको चित्त बुझ्दैन । र, यसले बादविवाद पनि निम्त्याउँछ ।
२. आफ्नो काम नै प्रभावित हुनेगरी फेसबुक वा सामाजिक संजालमा समय व्यतित गर्छन् भने यो कुरा पनि पार्टनरलाई चित्त बुझ्दैन ।
३. टेलिभिजन हेरिरहेको बेला आफ्नो मर्जी अनुसार च्यानल बदल्ने बानी पनि पार्टनरलाई चित्त बुझ्दैन
४. पारिवारिक कुरा वा घरको समस्या तेस्रो व्यक्तिसँग सेयर गरेको पनि पार्टनरले रुचाउँदैनन् ।
Comments
अरु समाचार
-
ग्राहकको मन जित्दै सोफा स्टोर काठमाडौं
काठमाडौं । सोफा स्टोर काठमाडौंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि घोषणा गरेको लक्की ड्र विजेताहरुको नाम सार्वजनिक गरेको...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...