बञ्चरोले काटिएको श्रीमतीको टाउको लिएर श्रीमान् नै थाना पुगेपछि…
बिबिसी । भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको हत्या गरेपछि काटिएको टाउको लिएर थाना पुगेका छन् । घटना बुधबारको हो ।
मुरैनाका पुलिस अधिकारीले यसबारे पुष्टि गरेका हुन् । पुलिस अधिकारी रियाज इकबालले भने, ‘घटना बुधबारको हो । कल्याण शाक्यवार आफ्नी श्रीमतीको टाउको काटेर थाना पुगेका थिए । उनले आफ्नी श्रीमती पंकजको हत्या गरेको हामीलाई बताए । ’
उनलाई तुरुन्त पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिएको छ । उनी बसेको गाउँमा पुलिसले छानबीन गरिरहेको इकबालले जानकारी दिए ।
श्रीमतीको अर्कैसँग सम्बन्ध भएको शंकामा आफूले श्रीमतीको हत्या गरेको कल्याणले पुलिसलाई बताएका छन् ।
स्थानीयलाई उद्धृत गर्दै पुलिसले उनीहरुको दैनिक जसो झगडा हुने गरेको बताए । पुलिसले भने, ‘बुधबार पनि दुईजना बीच झगडा भयो । विवाद यति बढ्यो कि कल्याणले पंकजको टाउको बञ्चरोले काटिदिए ।’
उनीहरुको विवाह भएको १० वर्ष भइसकेको थियो । यी दुईका तीन सन्तान पनि छन् ।
पुलिसका अनुसार पंकजको हत्या गरेपछि कल्याण उनको टाउको हातमा लिएर महुआ थाना पुगेका थिए । हातमा महिलाको टाउको देखेर सबै डराए । कल्याणलाई त्यसपछि पक्राउ गरियो ।
पुलिसका अनुसार घटनाका बेला उनीहरुका सात वर्षका जेठो छोरा घरमा थिए ।
पुलिसले शवलाई पोष्टमार्टमका लागि पठाएको छ ।
Comments
अरु समाचार
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...











