मानविय क्षति हुने गरि एनसेल टावरमा बम प्रहार गर्ने को ? विप्लवको पार्टी या अरु कोहि ? हेर्नुहोस् तथ्य !
काठमाडाैं । एनसेल टावरमा धमाधम बम बिस्फोट भएपछि एकाएक फैलिएको सन्त्रास अझै सेलाउन सकेको छैन् ।
राजधानीको व्यस्त ठाउँमा समेत बम फेला परेपछि सर्वसाधारणमा डर फैलिनु कुनै नाैलो कुरा थिएन नै । यसैमा बम बिस्फोटनमा परेर एक जना भुपू सिंगापुरे प्रहरीले ज्यानै गुमाइसकेका छन् । अन्य तीन जना गम्भीर घाइते बनेका छन् ।
दुई तिहाईको कम्युनिष्ट सरकार बनेको र देशमा शान्ति सुरक्षा कडा पारिएको भन्ने गृहमन्त्रालयको दावीलाई हावा खुवाउने गरि भएको घटनाले डर फैलिनु सामान्य नै थियो । तर, घटनाको जिम्मा न कुनै सशस्त्र पार्टीले लियो न कुनै अन्यले नै ।
प्रहरीले शंकाको घेरामा राखेर पक्राउ गरेका सुरक्षा गार्ड र केहि विप्लवका नेता कार्यकर्ताहरुले अपराध स्विकार गरिसकेका छैनन् । तर, सामाजिक संजाल तथा अन्य स्थानमा केहि पर्चा भेटिए जसले घटना गराउने शक्तिलाई प्रष्ठ संकेत भने गरेको छ ।
वैज्ञानिक समाजवादको नारा दिएर क्रान्ति गर्छु भन्दै होमिएको विप्लवको पार्टीले बम पड्काएको आशंका चारैतिर गरिएको छ । प्रहरीको शंका समेत उतै देखिन्छ । र यो घटना समेत सोहि पार्टीले गराएको केहि तथ्यहरु भने यस्ता छन् ।
विप्लवको पत्रकार संगठनमा अहिले ठुलो विवाद छ । प्रकाश डुम्रेको समुह र जन्मदेव जैसीको समुहबीच चलेको विवादले उनीहरु पार्टीका केहि गोप्य दस्तावेजहरु होडबाजीका रुपमा बाहिर ल्याउछन् । यस्तै, संचार केन्द्र नामको अनलाइन संचार माध्यमले बम बिस्पोटनबारे केहि घटना सार्वजनिक गर्यो जसले विप्लवको पार्टीको संलग्नता छ भन्ने छनक देखिन्छ ।
उक्त अनलाइन संचार माध्यमले छापेको समाचारका अनुसार पर्चा भेटिएको लगायतका अन्य कुराहरु नजिकैबाट घटनालाई नियाली रहेको देखिन्छ । ‘एकै रातमा कसले गर्यो कर नतिर्ने एनसेलका २ दर्जन टावर ध्वस्त ? भेटियो यस्तो प्रमाण’ शिर्षकमा समाचार बनाएर करछलि गर्दै आएको एनसेलमाथि चरणबद्ध आक्रमण भएको भन्दै दुई दर्जन टावर ध्वस्त पारिएका छन भन्दै समाचार बनाएको छ ।
यो समाचार उक्त संचार माध्यमले एनसेलमाथि आक्रोसात्मक ढंगले बनाइएको देखिन्छ । अर्बाैंको कर छलि गरेको भन्दै समाचारमा प्रयोग गरिएको शब्दले नै पार्टीको संलग्नता तर्फ केन्द्रित गर्छ ।
प्रहरीका एक पूर्वअधिकारी भन्छन्, विप्लव पार्टीले नै गराएको हो यो घटना । अनुसन्धानले कसरी कुन बाटो लिन्छ त्यो पनि एउटा पाटो छ तर, प्रारम्भिक कुराहरु हेर्दा र उनीहरुका मिडिया कार्यकर्ताहरुको चाल देख्दा अरु कसैले गराएको होइन यो घटना । सरकारको शन्ति सुरक्षा व्यवस्थाप्रति गम्भिर चासो र शंका उत्पन्न हुने गरि भएको यो घटनाले समाजलाई कता लैजान्छ भन्ने कुरा विश्लेषण गरेर अगाडि बढ्नुको विकल्प छैन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...












