मानविय क्षति हुने गरि एनसेल टावरमा बम प्रहार गर्ने को ? विप्लवको पार्टी या अरु कोहि ? हेर्नुहोस् तथ्य !
काठमाडाैं । एनसेल टावरमा धमाधम बम बिस्फोट भएपछि एकाएक फैलिएको सन्त्रास अझै सेलाउन सकेको छैन् ।
राजधानीको व्यस्त ठाउँमा समेत बम फेला परेपछि सर्वसाधारणमा डर फैलिनु कुनै नाैलो कुरा थिएन नै । यसैमा बम बिस्फोटनमा परेर एक जना भुपू सिंगापुरे प्रहरीले ज्यानै गुमाइसकेका छन् । अन्य तीन जना गम्भीर घाइते बनेका छन् ।
दुई तिहाईको कम्युनिष्ट सरकार बनेको र देशमा शान्ति सुरक्षा कडा पारिएको भन्ने गृहमन्त्रालयको दावीलाई हावा खुवाउने गरि भएको घटनाले डर फैलिनु सामान्य नै थियो । तर, घटनाको जिम्मा न कुनै सशस्त्र पार्टीले लियो न कुनै अन्यले नै ।
प्रहरीले शंकाको घेरामा राखेर पक्राउ गरेका सुरक्षा गार्ड र केहि विप्लवका नेता कार्यकर्ताहरुले अपराध स्विकार गरिसकेका छैनन् । तर, सामाजिक संजाल तथा अन्य स्थानमा केहि पर्चा भेटिए जसले घटना गराउने शक्तिलाई प्रष्ठ संकेत भने गरेको छ ।
वैज्ञानिक समाजवादको नारा दिएर क्रान्ति गर्छु भन्दै होमिएको विप्लवको पार्टीले बम पड्काएको आशंका चारैतिर गरिएको छ । प्रहरीको शंका समेत उतै देखिन्छ । र यो घटना समेत सोहि पार्टीले गराएको केहि तथ्यहरु भने यस्ता छन् ।
विप्लवको पत्रकार संगठनमा अहिले ठुलो विवाद छ । प्रकाश डुम्रेको समुह र जन्मदेव जैसीको समुहबीच चलेको विवादले उनीहरु पार्टीका केहि गोप्य दस्तावेजहरु होडबाजीका रुपमा बाहिर ल्याउछन् । यस्तै, संचार केन्द्र नामको अनलाइन संचार माध्यमले बम बिस्पोटनबारे केहि घटना सार्वजनिक गर्यो जसले विप्लवको पार्टीको संलग्नता छ भन्ने छनक देखिन्छ ।
उक्त अनलाइन संचार माध्यमले छापेको समाचारका अनुसार पर्चा भेटिएको लगायतका अन्य कुराहरु नजिकैबाट घटनालाई नियाली रहेको देखिन्छ । ‘एकै रातमा कसले गर्यो कर नतिर्ने एनसेलका २ दर्जन टावर ध्वस्त ? भेटियो यस्तो प्रमाण’ शिर्षकमा समाचार बनाएर करछलि गर्दै आएको एनसेलमाथि चरणबद्ध आक्रमण भएको भन्दै दुई दर्जन टावर ध्वस्त पारिएका छन भन्दै समाचार बनाएको छ ।
यो समाचार उक्त संचार माध्यमले एनसेलमाथि आक्रोसात्मक ढंगले बनाइएको देखिन्छ । अर्बाैंको कर छलि गरेको भन्दै समाचारमा प्रयोग गरिएको शब्दले नै पार्टीको संलग्नता तर्फ केन्द्रित गर्छ ।
प्रहरीका एक पूर्वअधिकारी भन्छन्, विप्लव पार्टीले नै गराएको हो यो घटना । अनुसन्धानले कसरी कुन बाटो लिन्छ त्यो पनि एउटा पाटो छ तर, प्रारम्भिक कुराहरु हेर्दा र उनीहरुका मिडिया कार्यकर्ताहरुको चाल देख्दा अरु कसैले गराएको होइन यो घटना । सरकारको शन्ति सुरक्षा व्यवस्थाप्रति गम्भिर चासो र शंका उत्पन्न हुने गरि भएको यो घटनाले समाजलाई कता लैजान्छ भन्ने कुरा विश्लेषण गरेर अगाडि बढ्नुको विकल्प छैन् ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











