३५ करोड भारु पर्ने सर्पको बिषसहित एक पक्राउ
भद्रपुर । करोडौँको मूल्य बराबरको विषालु सर्पको विषसहित नेपाली नागरिक भारतमा पक्राउ परेका छन् । नेपाल भारतको सीमा नाका झापाको काकँडभिट्टा नाकाबाट भाररतर्फ विषालु सर्पको विष तस्करी भइरहेको अवस्थामा भारतीय प्रहरीले प्रक्राउ गरेकोे हो ।
काकँडभिट्टासँग जोडिएको भारतको पश्चिम बङ्गाल, दार्जिलिङ् जिल्लाको पानीठ्याङ्की बजारबाट भारतीय एसएसबी ४१ बी वटालियनका इन्स्पेक्टर विजय कुल्लुको नेतृत्वको एसएसबीको टोलीले भारतीय ३५ करोड रुपियाँ मूल्य बराबरको सर्पको विषसहित झापा बुद्धशान्ति गाउँपालिका ४ का अन्दाजी ४९ वर्षीय बलबहादुर यावालाई पक्राउ गरेको जनाएको छ । यो समाचार नेपाल समाचार पत्रमा छ ।
उनलाई बिहीबार दिउँसो भारतको पानीट्याङ्की बसपार्क नजिकैबाट पक्राउ गरेको हो । बलबहादुरले सिसाको ठुलो भाँडोभित्र राखेको लगभग दुई पाउन्ड सर्पको विष एसएसबीले बरामद गरेको थियो । नेपालबाट सर्पको विष भारततर्फ तस्करी भइरहेको गोप्य सुचनाका आधारमा बलबहादुरमाथि शंका लागि जाँच गर्दा सर्पको विष फेला परेको भारतीय प्रहरीले जनाएको छ ।
यस विषमा सोधपुछ गर्दा उनले नेपालबाट सर्पको विष ल्याएको स्वीकारेका छन् । उनले ल्याएको सर्पको विष पानीट्याङ्कीमा एक जनालाई दिन आएको र अरु केही थाहा नभएको एसएसबीलाई बताएको जनाइएको छ ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











