तपाईको भाग्यफल कस्तो छ हेर्नुहोस आजको राशिफल
काठमाडाैं वि.सं.२०७५ साल फाल्गुन १७ गते । शुक्रबार । ईश्वी सन् २०१९ मार्च ०१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष । तिथि दशमी,१२ घडी २५ पला,बिहान ११ बजेर २९ मिनेट उप्रान्त एकादशी । नक्षत्र पूवाषाढा,अहोरात्र । योग सिद्धि,१७ घडि २० पला,दिउँसो ०१ बजेर २७ मिनेट उप्रान्त व्यातिपात । करण भद्रा,बिहान ११ बजेर २९ मिनेट उप्रान्त बव,रातको १२ बजेर ०७ मिनेट उप्रान्त वालव । आनन्दादिमा प्रवद्र्ध योग । चन्द्रराशि धनु ।
काठमाडौंमा सूर्योदय ०६ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०३ मिनेट । दिनमान २८ घडी ५० पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानि बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुबाट आलोचना खप्नु पर्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय तथा परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनि गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्त तथा आफुले मन पराएको मानिससँग दुरि बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानि गरेपनि आम्दानि थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गालि खाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारमा लगानि गरि मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिने समय रहेकोछ । साझेदारहरुबिच मन मिल्ने हुँदा नया उद्योगमा लगानि गर्ने अवसर जुर्नेछ । पढाई लेखाईमा मन जाने हुनालेउत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसि हुँनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुँनुको साथै जीवन साथिको साथ रहने हुनालेकाम गर्न उर्जा थपिनेछ । भौतिक तथा बिलाशि बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले अन्य व्यावसायमा पनि लगानि गर्ने अवसर आउनेछ । बिद्यार्थिहरुले पढाई लेखाईमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । सत्रु परास्त हुने तथा कुनै पनि न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । सुख दुखमा साथ दिनेहरु भेटिने हुदा मन प्रशन्न रहनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मेहनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहुन सक्छ । पति पत्नि बिच मनमुटाब बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्ला । आफन्तबाट उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । तपाईले शुरु गर्नुभएको काममा बिभिन्न वाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अदालति तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथिको सम्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरि छ । पढाई लेखाईमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपाईको निर्णय तपाई आफैलाई आत्मघाति हुन सक्छ । आफन्त,साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । साझपख छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसाय फस्टाएर जाने हुनालेमनग्गे धन सम्पति जोड्न सकिनेछ । बिलाशि तथा भौतिक सम्पतिको प्रयोग गर्न पाईने हुनालेअरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच बिश्वासको बाताबरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनालेपद प्राप्तिको गतिलो योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्य क्षेत्रमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । लामो दुरिको बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशसमा बसेर समय खर्चिनेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् । पढाई लेखाईमा मन जाने हुनालेअन्य दिन भन्दा सुधार भएर जानेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि भने समय मध्ययम रहेकोछ । अग्रज तथा आफन्तको सुझाबलाई मान्दै अगाडि बढे चाहेको गन्तब्य पहिल्याउँन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) ईमान्दारिता पुर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ । सरकारि धन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा पतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछन् । चाहको बस्तु तथा मनोकामनाहरु पुरा हुनालेमन प्रफुल्ति हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरि हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुने हुदा अन्य काम गर्न सहज हुनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा तपाईको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












