आमा ! म छाउघर जानै पर्न्या हो ?
वीरेन्द्रनगर । पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन् ,“आमा ! म छाउघर जानै पर्न्या हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ बस्न डर लाग्छ नगया हुदैन ।’’
पर्दामा आमाछोरीबीच यो कुराकानी हुँदा दर्शक दीर्घामा बसेका भने यसपछिको नाटकको शृङ्खला हेर्न आतुर देखिन्थे । छाउगोठमै रिना बलात्कार भएपछि उनी र उमेशबीचको प्रेमकथाले वियोगान्तको रुप लिएपछि दर्शकका आखाँ रसाए । उक्त संवाद सुर्खेत आयोजित रारा राष्ट्रिय नाटक महोत्सवमा मञ्चन गरिएको ‘छाउ’ नाटकमा सुदूरपश्चिम तथा कर्णालीका विभिन्न जिल्लामा कुप्रथाको दर्दनाक अवस्थालाई नाटकमा उतारिएको हो ।
नाटकको शुरुवात मुुख्य पात्र भनिएका उमेश र रिनाको प्रेम कहानीबाट शुरु हुन्छ । उनीहरु एक अर्कालाई आँैधी मन पराउँथे । उमेश पढ्न भनी सदरमुकाम गएको हुन्छ । कलेज बिदामा घर आएको बेलामा उमेश र रिनाको सम्बन्धबारे गाउँभरी हल्ला फैलन्छ । दुबैका परिवारले उमेश र रिनाको विवाह गर्ने निधो पनि गर्छन् । विवाहको तयारी भइरहेको हुन्छ । यस्तैमा विवाहको केही दिन अगाडि रिना महिनावारी भएपछि नाटकको शृङ्खला अन्तै मोडिन्छ ।
नाटक मध्यभागमा पुगेपछि छोरीको बिहेको कुरा छिनेका बुबा र आमा रिना महिनावारी हुँदा भएको घटनाले निराश हुँदै विवाह नहुनेमा चिन्तित हुन्छन् ।
छाउगोठबाट फर्केपछि भने रीनाले बिहे गर्ने निर्णय एकाएक परिवर्तन गर्छे । उनको निर्णयका कारण दुबै परिवार अचम्ममा पर्दछन् । रिनाका बुबाले छोरीले निर्णयले र समाजमा लाज भएको सोची आत्माहत्या गर्ने अवस्थासम्म पुग्दछन् । उता उमेशकी बहिनी जमुनी पनि महिनावारी हुन्छे र उसलाई छाउगोठ जान नदिनका लागि रिनाको विद्रोह शुरु हुन्छ । ‘‘म जस्ता यो समाजका धेरै रीनाले छाउगोठमै दुःख पायाका छन्, यहाँबाट उनीहरुलाई निकाल्नुछ’’ उनको यो विद्रोहको आवाजपछि दर्शकको ताली बज्छ ।
कथाको अन्त्यमा जमुनीसँग आफू छाउगोठ बस्दा बलात्कृत भएको घटना सुनाउँछे । यो कुरा उमेशले सुनेर रिनाले विवाह गर्दिन भन्नाको कारण थाहा पाएर रिनासँगै विवाह गर्न स्विकार गर्छ । र दुबैको विवाह भएपछि नाटक टुङ्गिन्छ ।
‘छाउ’ नाटकका लेखक तथा निर्देशक पुष्प अवस्थीले नेपाल सरकारले देखेको समृद्धिको सपना देशमा जडा गाडेको यस्ता कुप्रथा अन्त्य नभएसम्म समृद्धि हुन नसक्ने भन्दै समाजलाई चेतना दिने उद्देश्यले नाटक रचिएको गरिएको बताउछन् ।
त्यस्तै नाटकमा रीनाको भूमिकामा अभिनय गरेकी सगुन पोख्रेलले आफू सुदूरपरिश्चमा जन्मिएको र छाउप्रथाले आफूलाई पनि छोएकाले यो भूमिका निर्वाह गरेको बताउँछिन् ।नाटकमा मञ्चन गरिएझै सुर्खेतमा आठ महीनाअघि १६ वर्षीया किशोरीको बलात्कार हुनाका साथै त्यसअघि कतिपय किशोरीले ज्यान समेत गुमाइसकेका थिए ।
करीब १२ वर्षअघि छाउगोठ बसेकी सुर्खेतको बाबियाचौरकी पार्वती नेपालीलाई सर्पले डसेर मृत्यु भएको थियो । उनको मृत्युको करीब छ वर्षपछि घाटगाउँमा अर्की पार्वती नेपालीको त्यसैगरी अकालमा ज्यान गयो । यस्ता कपितपय घटना अझै चर्चामा आएका छैनन् ।
छाउगोठमा बस्दा सर्पले डसेर, निस्सासिएर, चिसोले कठ्याङ्ग्रिएर र बलात्कारजस्ता आपराधिक घटना भएर कतिपयको मृत्यु भएकाले यो प्रथालाई निर्मूल पार्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट जति प्रयास भए पनि अझै सार्थक परिणाम निस्किन सकेको छैन ।
अधिकारकर्मी धना जिसी गैरसरकारी सङ्घ संस्थाले जति अभियान चलाए पनि मान्छेको मानसिकता परिवर्तन नहुँदासम्म यसको अन्त्य असम्भव हुने बताउछन् ।
पश्चिम सुर्खेतका विभिन्न गाउँमा समेत अभियानका क्रममा छाउगोठ भत्काउने क्रम जोडतोडका साथ चल्यो । तर गैससले आफ्नो अभियान छोडेर फर्केलगत्तै धमाधम छाउगोठ ठडिएका छन् ।
अभियानको नाममा गोष्ठी अन्तक्र्रिया गरेर प्रतिवेदन पेस गरी बजेटसक्ने काम भएको स्थानीयवासीको आरोप छ । छाउ भएका बेला घरभित्र पस्दा देउता लाग्ने, अशुभ हुनेजस्ता अन्धविश्वासले छाउप्रथालाई पश्रय दिने गरेको पाइन्छ ।
नेपालको संविधानको धारा ३८ मा ‘‘महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन’’ भनिए पनि महिलाले छाउपडीकै कारण विभेद र शारीरिक तथा मानसिक पीडाका साथै ज्यानसमेत गुमाइरहेका छन् ।
पाँच महिना अघि एक किशोरी छाउपडीकै कारण बलात्कारको शिकार हुँदा समाजमा किशोरीको चरित्रबारे प्रश्न उठाइएको थियो । गाउँका ठूलावडा भन्नेले यो घटनालाई ढाकछोप गर्नतिर लागे र बलात्कार गर्ने तीन अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएपनि बिना कारबाही तत्कालै छोडिदियो । अहिले ती किशोरीको परिवार न्यायको खोजीमा भौतारिएको छ ।
त्यसैगरी बाबियाचौरकी पार्वती बुढाको मृत्युलाई पनि घरपरिवार र समाजले अन्य कारणबाट मृत्यु भएको भन्दै ढाकछोप गर्न खोजे पनि वास्तविकता सार्वजनिक भएपछि चार दिनपछि शव उत्खनन गरी परीक्षण गरिएको थियो ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











